Websoft University

जग्गा बितरण गर्ने काममा पनि हामीनै पहिला हुन्छौ - नगर प्रमुख सुवेदी

 


मोरङ बेलबारी फागुन ३ गते । रातो तारा डट कम, बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सवेदीले जहिले पनि बेलबारी पहिलोनै हुने बताउनु भएको छ । सकुमवासि समस्या समाधान आयोगका पदाधिकारीहरुलाई उहाँले जग्गा धनि पुर्जा बितरण गर्ने काममा समेत बेलबारी पहिलो हुने बताउनु भयो ।


अहिले सम्म कुनै पनि काममा बेलबारी दोस्रो भएको छैन नगर प्रमुख सुबेदीले भन्नुभयो जनताको हितका लागी जहिल्यै पनि पहिलानै हुन्छौ । नगरपालिकले जनप्रतिनिधि तथा कर्मचारीहरुलाई वडा वडामा गएर लगत संकलन गर्नु अगाडि गरेको अभिमुखि करण कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । अभिमुखिकरण कार्यक्रममा बोल्दै आयोगका प्रदेश १ का संयोजक गोपाल गुरागाईले बेलबारी बाटनै पुर्जा बितरण गर्ने लक्ष्य लिएकोले सोहि अनुसार कामहुने आफु बिस्वसत रहेको समेत बताउनु भयो ।  उहाँले यो आयोगनै अन्ति भएकाले कोहि छुट्न नहुने समेत बताउनु भयो । आयोगका जिल्ला अध्यक्ष डिपि राईले स्थानियतहका जनप्रतिनिधिहरुको भुमिका महत्वपुर्ण हुने बताउनु भयो । दलित भुमिहिन, भुमिहिन सकुम्बासी, अब्यस्थीत बोसोवासीहरुलाई जग्गा धनिपुर्जा बितरण गर्नका लागि कर्मचारीहरुको ब्यबस्थापन गरीसकेको नगरपालिकाको कार्यालयले जनाएको छ ।  आयोगले बेलबारीमा ६ हजार ६१ घरधुरीलाई जग्गाधनिपुर्जा बितरण गर्ने प्रस्तावित बिबरण तयार गरेको छ । 

 


 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.