Websoft University

गृह मन्त्रालयको सुचना


काठमाण्डो माघ २२ गते । रातो तारा डट कम,गृह मन्त्रालयले नेकपाको प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आम हड्तालप्रति ध्यानाकर्षण भएको बताएको छ । विवादका बीच संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधमा प्रचण्ड–माधव समूहले आज गरेको आमहड्तालपछि गृहले सूचना जारी गरेको छ । 

गृह मन्त्रालयले हिजो साँझ विज्ञप्ति जारी गर्दै संविधान र प्रचलित कानून विपरीत शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, सार्वजनिक यातायात सञ्चालनमा अवरोध नगर्न आग्रह गरेको छ । शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबरजस्ती लगायतका गतिविधि गरे कानून बमोजिम कारबाही गर्ने मन्त्रालयले चेतावनी दिएको छ । 

साथै दैनिक रुपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिन सुरक्षा व्यवस्था मिलाउने पनि मन्त्रालयले बताएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.