Websoft University

श्रेष्ठ आयल सप्लायर्समा आगलागी

मोहन कुमार राई- फाल्गुण ११ गते । रातो तारा डट कम, संखुवासभा चैनपुर स्थित श्रेष्ठ आयल   सप्लायर्समा अचानक आगलागी हुँदा करोडौको क्षती भएको छ । 


चैनपुर नगरपालिका ७ मा रहको आयल   सप्लायर्स  मा अचानाक आगलागी हुँदा सँगै रहेको राउत कम्पलेक्समा पनि पूर्ण रुपमा क्षती हुन लागेको छ । सो कम्लेस्कसँगै रहेको रेडियो अरुण, मोटरसाइकल वर्कसपमा समेत क्षती हुनलागेको छ । अहिले शसस्त्र प्रहरी गुल्म नं. ४ का सुरक्षा निकाय, इलाका प्रहरी कार्यालय चैनपुरका सुरक्षाकर्मी, स्थानीय वासी, चैनपुरवासीहरुले आगो नियन्त्रण गर्ने प्रयास भइरहेको छ ।

अहिले आगो नियन्त्रणका लागि डोजर प्रयोग गरेर माटोले आगो निभाउन प्रयास भइरहेको भए पनि आगो नियन्त्रणमा आएको छैन । अन्दाजी १२ बजे लागेको आगो के कति कारणले लागेको हो नखुलेको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.