Websoft University

वैशाखको निर्वाचनका लागि तयारी प्रभावकारी नभएको प्रधानमन्त्री ओलीको गुनासो


काठमाण्डौ फागुन ८ गते । रातो तारा डट कम, वैशाखको निर्वाचनका लागि तयारी प्रभावकारी नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगसँग असन्तुष्टि जनाउनुभएको छ । आयोगसँगको केही समयअघि भएको भेटमा त्यहाँका पदाधिकारीले तयारी अगाडि बढाएको बताए पनि हालसम्म पनि निर्वाचन कार्यक्रम सार्वजनिक नभएको प्रधानमन्त्री ओलीले बताउनुभयो । 

एकहत्तरौँ प्रजातन्त्र दिवसको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले कमलादीमा हिजो आयोजना गरेको साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा उहाँले यस्तो उल्लेख गर्नुभएको हो । निर्वाचन हुन नदिनका लागि विभिन्न षड्यन्त्रहरु भइरहेकोले त्यसका लागि नेपाली जनता सचेत हुनुपर्ने उहाँको भनाइ थियो । उहाँले जनताको साथ लिएर सरकार अघि बढिरहेको बताउनुभयो । 

राज्यका विभिन्न निकायलाई धमक्याउने तर्साउने काम भइरहेकोमा आपत्ति प्रकट गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘विथोल्ने बिगार्ने तत्वदेखि सावधान हुन जरुरी छ ।’ बहुमत भत्काएर देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरिए पनि आफूले त्यसलाई सफल हुन नदिएको दावी उहाँको थियो । 


 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.