Websoft University

बुढीगंगा गाउँपालिका वडा नं ७ मा सरसफाईका लागि सरसफाई सामाग्री वितरण


सुन्दरहरैचा मोरङ । रातो तारा डट कम,  मोरङ्गको बुढीगँगा गाउँपालिका ७ नम्बर वडाले सरसफाईकालागी बिभिन्न कार्यक्रम गर्दै आएको छ ।  संघ संस्था,समितिहरुको सहयोगमा बुढीगंगा- ७ का टोल बिकास सस्थाहरु पुर्ण सरसफाई मैत्रि उन्मुख हुदै गएको हो । शुक्रबार एक कार्यक्मका बिच उक्त बडा सरसफाई युक्त घोषण गरिएको हो ।बुढीगंगा गाउँपालिका मोरंग जिल्लामा पर्ने प्रदेश १ कै अधौगिक कोरिडरमा रहेको बिकासको प्रचुर सम्भावना भएको नेपालकै पहिलों औधोगिक क्षेत्र भएको गाउँपालिका हो । 


यस गाउँपालिका भित्र विभिन्न जातजातिका मानिसहरु एक आपसमा मिलेर बसेका छन् । यनीहरुको मुख्य आयस्रोत कृषि रहेको छ ।   जस मध्ये ७ वटा वडामा फैलिएको यो गाउँपालिकाको क्षेत्रफल ५६. ४१ बर्गकिलोमिटर रहेको छ।प्रगति महिला समाजको अगुवाईमा बुढीगंगा गाउँपालिका वडा ७ नं. कार्यालयको सहयोगमा यस क्षेत्रको वडा नम्बर ७ भित्र  बिकास निर्माण संगसंगै सरसफाई अभियान संचालन गरि वडालाई पूर्ण सरसफाई अभियान कार्यक्रम  र सचेत वडाबासि निर्माण गरि सम्पन्न गरेको छ । १हजार ३ सय ४४ घर धुरी रहेको  वडा ७ को कमलपुर, धरहरा, डंग्राहा, मदनपुर, सिशबनी बडहरा, बेलडागी, बुध चौक, लगायत ठाउँमा पूर्ण सरसफाई तथा सचेतना कार्यक्रम गर्न फोहरलाई ब्यबस्थापन गर्न ठाउँ ठाउँमा डस्टबिन राख्ने काम गरियो।


अहिले सम्म कोरोना कहरको सन्त्रासमा आम वडाबासि अछुतो हुन नसकेको अवस्थामा स्वास्थ्य सचेतना बिकास गर्ने र माक्स सेनिटाइजर बितरण गरि सचेतना अभिवृद्धि गर्ने जस्ता कार्यक्रम गरेको छ। बिकासका पूर्वाधार संगै सरसफाई नभए सम्म वडामा स्वास्थ्य समस्या हुने हुँदा त्यसलाई न्यूनीकरण  र प्रदुषित बातावरणलाई स्वच्छ हराभरा समेत बनाउन सरसफाई कार्यक्रमले मदत गरेको छ। 

कार्यक्रम संचालन गर्ने क्रममा बिभिन्न चुनौती भएको र गाउपलिकामा रहेका महिला स्वयम सेबिकाले कार्यक्रममा महत्वपूर्ण भूमिका खेलेको प्रगति महिला समाजकी अध्यक्ष पार्वती गच्छदारले बताईन्। 

सार्वजनिक स्थान, विद्यालय, मठ मन्दिर लगायत स्थानलाई सफा सुग्घर राख्न आवश्यक पर्ने कुचो, खरेटो लगायतका सामाग्रीहरु वितरण गरी प्रत्येक टोल, सार्वजनिक स्थल  सफा सुग्घर राख्न र वडाको गरिमालाई उच्च बनाउनका लागि फोहोरमैला सम्बन्धी वडा भरि पूर्ण सरसफाई कार्यक्रम गरेकोमा स्थानीय स्वयंसेविका पूर्णकला माझीले खुसि व्यक्त गरेकी थिइन्।

आफु निवार्चन भएर आए पछि पहिलो प्राथमिकता खुल्ला दिशा मुक्त क्षेत्र घोषणा र पुर्ण सरसफाइ युक्त बडा घोषणा  गर्ने जनता सँग बाचा गरिएको र सोही कुरा पुरा गर्न बिभिन्न कार्यक्रम आयोजना गरिएको बडा अध्यक्ष मुरारीलाल बिश्बास थारुले बताएका छन् । 

समाजमा यस्ता संघ संस्था र स्थानीय निकायले खेलेको भूमिका सराहनीय छ तर वडाबासिले यसलाई नियमित अनुसरण नगर्ने हो भने कार्यक्रमको कुनै औचित्य रहने छैन।  यसको लागी नागरिक पनि उतिकै सचेत हुन् जरुरि छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.