Websoft University

अटल फार्मोसीले औषधी

 


बिराटनगर । रातो तारा डट कम,विराटनगर स्थीत अटल फार्मोसीले औषधी व्यवस्था बिभागमा दर्ता नभएको औषधी खुल्ला रुपमा बेच्ने गरिएको पाइएको छ । उक्त फार्मोसीले नेपालमा दर्ता नभएका बिभिन्न ब्राण्डका दर्जनौ औषधीहरु नेपालको पुर्बी क्षेत्रमा खुलेआम बोच्ने गरेको पाइएको हो ।

अटल फार्मोसीका संचालक पवन अटल हुन् । उनले डेर्मीकेम ओसी मलम ,क्लोबेटा जि एम मलम ,सिग्नेफेल्म ट्याबलेट लगायतका विभागमा दर्ता नभएका औषधीहरु खुलमं–खुल्ला बेच्ने गरेको पाइएको छ ।
त्यसै गरी भारतबाट तस्करी गरेर ल्याइएको अल्बुमिन ,नर एड्रालिन, सरभेन्टा जस्ता महंगा ( प्रती भाइल १६ हजार सम्म पर्ने) लाइफ सेभिङ ड्रगहरु समेत उक्त फार्मोसीले बेच्ने गरेको स्रोतको दाबी छ ।
अटल फार्मोसीले भारतका अस्पतालका चिकित्सकले लेखेका तर नेपालमा दर्ता नभएका औषधीहरु पनी ग्राहकको माग अनुसार भारतबाट लुकाइ छिपाइ ल्याई बिक्री बितरण गर्ने गरेको छ । ट्याबलेट अल्ट्रासेट, टेटमसोल साबुन , ट्याबलेट नाइस, ट्याबलेट लोमोटिल, बेट्नोभेट मलम जस्ता औषधीहरु सो फार्मोसीले बेच्ने गरेको स्रोतको दाबी छ ।
उक्त गोरखधन्धाबाट पवन अटलले अकुत कालो-धन कमाएपछी आफ्नो छोरा सुशील अटलको नामबाट नयाँ  फर्म खोली सोही गोरखधन्धालाई फैलाइ रहेका छन् । छोरा सुशीलको नाममा अटल परिवारले विराटनगरमा हिमगिरी मेडिको नामक हाेलसेल  संचालन गरेका छन् । साे हाेलसेलबाट पनि अबैध औषधीको व्यापक कारेबार हुने गरेको स्रोतले दाबी गरेको छ ।जनचर्चा बाट

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.