Websoft University

७१ औँ प्रजातन्त्र दिवसको शुभकामना


बिराटनगर फागुन ७ गते । रातो तारा डट कम,निरङ्कुश जहाँनिया शासन व्यवस्था, तानाशाही निर्दलिय पञ्चायती व्यवस्थाबाट मुक्त गर्दै नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापनासम्मको कालखण्डमा नेपालीको स्वतन्त्रता, सार्वभौमिकता, स्वाधिनता, स्वाभिमान र प्रजातन्त्रका निम्ति जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण सहिदहरुप्रति हार्दिक भावपूर्ण श्राद्धाञ्जली अर्पण गर्दछु । नेपाल र नेपालीको हकहित र अधिकारका लागि पटक पटक गरिएको जन आन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै बेपत्ता र पीडित नागरिकहरुका लागि उच्च सम्मान व्यक्तगर्दछु ।

वीर, अमर, त्यागी, कर्मनिष्ठ र भविष्यद्रष्टा शहिदहरुको बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सबै किसिमका विभेदको अन्त्य गर्न सकेमा सहज हुने मात्र होइन शहिदहरुप्रतिको सच्चा र उच्च सम्मान साथै श्राद्धाञ्जली हुने भएकाले वर्तमान अवस्थामा अझ सुदृढ र एकजुट भएर राष्ट्रको सम्मुनत दिगो विकासमा संलग्न हुन सरोकारवाला सबै र आम जनसमुदायमा हार्दिक अनुरोध गर्दछु । 

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त हाम्रो देश नेपालमा राजनीतिक स्थीरता, दिगो शान्ति स्थापना, सुशासन, वित्तीय अनुशासन, मितव्ययीता, भ्रष्ट्राचार बिरुद्ध शुन्य सहनशीलता कायम गरी वर्गाीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गर्दै आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्नु, समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा राष्ट्रको दीगो विकास गर्नाले प्रजातन्त्र दिवसको सार्थकता हुनेछ । 

७१ औँ प्रजातन्त्र दिवसको पावन अवसरमा भन्न चाहान्छु । ‘शहिदको सपना साकार पार्नु हामी सबै नेपाली नागरिकको परम कर्तब्य हो । जिम्मेवारी सहितको स्वतन्त्रता र स्वतन्त्रता सहितको जिम्मेवारी हो, नैतिकता सहितको स्वतन्त्रता र स्वतन्त्रता सहितको नैतिकता नै प्रजातन्त्रको सौन्दर्यता हो । हामीलाई हामीबाट निर्मित संविधानले यही जिम्मेवारी सुम्पेको छ ।’ यसलाई आत्मसाथ गर्दै हाम्रो भविष्य देखेर सामान्तहरु द्वारा दिइएको कष्टकर जीवन बिताउन बाध्य हाम्रा पूर्वज, अग्रजनमा उच्च सम्मान व्यक्त गर्दछु ।

अन्त्यमा, सबै महान शहिदहरुप्रति पुन : हार्दिक श्राद्धाञ्जली तथा श्राद्धासुमन अर्पण गर्दै शुभभावनासहित स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उत्तरोत्तर प्रगति, उन्नति, सु–स्वास्थ्य, दीर्घायूको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । धन्यवाद !

सोमनाथ अधिकारी ‘प्यासी’  प्रदेश प्रमुख


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.