Websoft University

बेलबारीमा महिला नेतृत्व बिकास तालिम सुरु

 


बेलबारी माघ २० गते। रातो तारा डट कम, मोरङको बेलबारीमा महिला नेतृत्व बिकास तालिम मगलवार देखी सुरु भएको छ । महिलाहरुलाई लक्षित गरेर संचालन गरीएको तालिमको एक कार्यक्रमका बिच बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले उद्घाटन गर्नु भएको छ । तालिमको उद्घाटन गर्दै नगर प्रमुख सुवेदीले हरेक निकायमा महिला नेतृत्वमा आउनु जरुरी रहेको बताउनु भएको छ । आधारभुत सिकाई केन्द्र बेलबारीको आयोजनामा उक्त तालिम सुरु गरीएको आधारभुत सिकाई केन्द्रका कोषाध्यक्ष बिन्दुकला गुरुङले बताईन । तालिममा २५ जना महिला सहभागिता रहेको केन्द्रका सदस्य खिना थापाले जानकारी दिईन । तालिममा सहभागिहरुलाई ३ दिन सम्म शान्ति पाख्रीनले सहजिकरण गर्ने आयोजकले जनाएको छ । तालिम बेलबारी ९ को डागिहाट स्वास्थ्यचौकिो हलमा संचालन भइरहेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.