Websoft University

प्रदेश प्रमुख जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम

 


तेह्रथुम । रातो तारा डट कम, प्रदेश सरकारको रातो किताबमा उल्लेख भए अनुसारको प्रदेश प्रमुख जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम तेह्रथुम जिल्लाको म्याङ्लुङ्ग नगरपालिकामा शुभारम्भ भएको छ । म्याङ्लुङ्ग नगरपालिकाको आयोजना, प्रदेश सरकार र हेल्पिङ युथ इटहरीको सहकार्यमा आयोजित कार्यक्रमको प्रदेश प्रमुख माननीय सोमनाथ अधिकारी प्यासीज्यूको प्रमुख अतिथ्यतामा सम्पन्न भयो । 


म्याङ्लुङ्ग नगरपालिकाका एक सयभन्दा जेष्ठ नागरिकले सो तीन दिने दन्त शिविरबाट लाभान्विन्त भएका छन् । पहिलो दिन दन्त परीक्षण गराउने, दोस्रो र तेस्रो दिन उपचार तथा दाँत उपहार ग्रहण गर्ने कार्यक्रम रहेको थियो ।

कार्यक्रमको सफलताका लागि शुभकामना दिने क्रममा माननीय प्रदेश प्रमुखज्यूले नेपाल सरकारले जेष्ठ नागरिकलाई जीवनको उत्तरार्धमा सेवा सुविधा र खानपानमा सहज हुने वातावरण सृजना गर्नको लागि यस्तै रोचक तथा प्रभावकारी कार्यक्रम आयोजना गरेको बताउनु भयो । आज बृद्ध भएका नागरिकले हिजोको असहज परिस्थितिमा देशलाई अतुलनीय योगदान दिएको र आजको परिवर्तन त्यही योगदानको प्रतिफल भएको कुरालाई देशले आज सम्झिएकोले खुशी लागेको धारणा राख्नुभयो । 

म्याङ्लुङ्ग नगरपालिका मेयर सञ्जय कुमार तुम्वाहाम्फेको सभाध्यक्षतामा सम्पन्न नागरिक दन्त उपहार कार्यक्रममा उपमेयर पार्वती सानु डाँगीले स्वागत मन्तब्य राख्नुभएको थियो भने हेल्पिङ युथका संयोजन केशव रिमालले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । पूर्वाञ्चल डेन्टल हस्पिटल, इटहरीले प्राविधिक सहयोग पु¥याएको थियो भने कार्यक्रम सत्र, अठार र उन्नाइस गते प्रदेश प्रमुख जेष्ठ नागरिक दन्त उपहार कार्यक्रमसन्चालन गरी समापन गरिएको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.