Websoft University

सर्बोच्चमा एमिकस क्यरीको बहस सुरु


काठमाण्डौ फागुन ५ गते । रातो तारा डट कम,प्रतिनिधिसभा विघटन विरुद्धका मुद्दामा राय दिन गठित एमिकस क्युरी अदालतका साथीका सदस्य वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संविधानबारे राष्ट्रपति र सरकारको बुझाइ एक किसिमको र अरुको बुझाइ अर्कै रहेको बताउनुभएको छ । 

संवैधानिक इजलासलाई राय दिँदै उहाँले सरकार र राष्ट्रपतिले बुझेको एक किसिमको, अरूले बुझेको अर्को किसिमको भएको बताउनुभएको छ । कार्कीले संविधान निर्माणका क्रममा के छलफल भएको थियो भन्नेमा नभई के लेखिएको छ भन्नेमा आधारित हुनुपर्ने सुझाव पनि दिनुभयो । राज्यका निकायका कार्यक्षेत्रको संविधान सम्मत व्याख्या हुनुपर्ने बताउनुभएका उहाँले संसद्, कार्यपालिका र न्यायपालिकालाई संविधानले अधिकार दिएको भन्दै सोही व्यवस्था अनुसार संवैधानिक इजलासले व्याख्या गर्नुपर्ने राय दिनुभयो ।  

नेपालमा संसदीय लोकतान्त्रिक व्यवस्था, गणतन्त्रको व्यवस्थामा जाने लेखिएको भन्दै राजतन्त्रको व्यवस्थामा संविधान नआएको पनि धारणा राख्नुभयो । संसदीय व्यवस्थामा संसद्को पहिलो काम सरकार गठन गर्ने, सरकार संसद् प्रति उत्तरदायी र जवाफदेही हुने मान्यता रहेको उहाँको भनाइ थियो ।  संसद्को विघटन संविधानले सिद्धान्ततः स्वीकार गरेको तर त्यसका लागि सर्त रहेको उहाँको भनाइ थियो । इजलासमा आजदेखि एमिकस क्यरीको बहस सुरु भएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.