Websoft University

प्रजातन्त्र दिवसका अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान

 


विराटनगर  फागुन ७ गते । रातो तारा डट कम,७१ औं प्रजातन्त्र दिवसका अवसरमा विराटनगर–११ बुद्धविहार मार्ग अलकाटोलले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । 

भद्राचोकमा आयोजित कार्यक्रममा स्थानीय समाजसेवी ज्येष्ठ नागरिक शम्भु भण्डारी र सुमित्रा भण्डारीलाई सम्मान गरिएको थियो । उहाँहरुलाई कार्यक्रमकी प्रमुख अतिथि विराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्की, वडा नम्बर ११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने र आयोजक संस्थाका अध्यक्ष यादनरसिंह कार्कीले दोसल्ला ओढाएर सम्मानपत्र समर्पण गर्नुभयो । अलकाटोलले प्रजातन्त्र दिवसका अवसरमा हरेक वर्ष ज्येष्ठ नागरिकलाई सम्मान गर्दै आएको छ । कार्यक्रममा कवि कृष्णराज कोइराला, इन्द्र खतिवडा, तारा नेपाल, बुद्ध ताम्राकारलगायतले प्रजातन्त्रसँग सम्बन्धित रचना प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उमेयर कार्कीले प्रजातन्त्र आएपछि मुलुकमा विकास निर्माण र आमनागरिकको जीवनस्तरमा सुधार आएको बताउनुभयो । तर, आमजनताले प्रजातन्त्रको उपभोग अझै गर्न नपाएको उहाँको भनाइ थियो । नेताहरुले प्रजातन्त्रलाई गलत रुपमा प्रयोग गरिरहेको उल्लेख गर्नुभयो । 

वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेले ज्येष्ठ नागरिकको अनुभव र ज्ञानलाई आत्मसात गर्दै देशको विकास गर्नुपर्नेमाजोड दिनुभयो । प्रजातन्त्र प्राप्तिमा पूर्वहरुको अतुलनीय योगदान रहेकाले उहाँहरुको योगदानलाई भुल्न नहुने उहाँले बताउनुभयो । ज्येष्ठ नागरिक समाज विराटनगर–११ का अध्यक्ष ललित श्रेष्ठ, समाजसेवी चिरञ्जीवी दाहाल, संयुक्त नगर टोल संगठन विराटनगरका अध्यक्ष राजेश मास्के, प्राध्यापक भूषण ढुंगेल, आयोजक संस्थाका सचिव खगेन्द्र संग्रौलालगायतले ज्येष्ठ नागरिक अनुभव र ज्ञानलाई राज्यले ग्रहण गर्न नसकेको बताउनुभएको थियो । उहाँहरुले ज्येष्ठ नागरिकले विगतमा मुलुकको राजनीतिक, आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान दिएको बताउनुभयो । कार्र्यक्रममा समाजसेवी ऋषिराम कोइरालाको स्मृतिमा उहाँकी धर्मपत्नी राधादेवी कोइराला र छोराहरु धु्रव र नरहरि कोइरालाले ज्येष्ठ नागरिक सामुदायिक भवन निर्माणका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ निर्माण समितिलाई हस्तान्तरण गर्नुभएको थियो । भद्राचोकमा करिब १ करोडको लागतमा सामुदायिक भवन निर्माण हुँदैछ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.