Websoft University

सामाजिक विकास मन्त्रालयद्धारा फलफूल वितरण

 


विराटनगर, ७ फागुन । रातो तारा डट कम, ७१ औ प्रजातन्त्र दिवसको अवसरमा आज प्रदेश १ सामाजिक विकास मन्त्रालयले फलफूल वितरण गरेको छ । 


विराटनगरका विराटेश्वर बृद्धाआश्रम, मानव सेवा आश्रम र महिला जागृती केन्द्रका बृद्धबृद्धालाई फलफूल र विहानको खाना खुवाईएको सामाजिक विकास मन्त्रालय, सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले जानकारी दिनुभयो । उहाँका अनुसार महिला जागृती केन्द्रका आश्रित बृद्धाहरुलाई विहानको खाना र विराटेश्वर बृद्धाआश्रम र मानव सेवा आश्रममा फलफूल वितरण गरिएको छ । 

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, सामाजिक विकास महाशाखा प्रमुख बराल लगायतको उपस्थिति रहेको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.