Websoft University

नेपाल महिला संघ मोरङ क्षेत्र नं ३ ले गर्यो भेटघाट साथै वनभोज कार्यक्रम!

 


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,मोरङको बेलबारी नगरपालिका स्थित बेतना सिमसारमा नेपाल महिला संघ क्षेत्र नं ३ को भेटघाट साथै वनभोज कार्यक्रम सम्पन्न भएको छ। शनिबार सम्पन्न भएको उक्त कार्यक्रममा नेपाली कांग्रेस मोरङ क्षेत्र नं ३ का महासमिति सदस्य बसन्त भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाल महिला संघ मोरङ क्षेत्र नं ३ की अध्यक्ष कमला देवी अधिकारीको सभापतित्व रहेको थियो।


उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईले क्षेत्र नं ३ मा नेपाल महिला संघका महिलाहरु निकै शशक्त रहेको बताउँदै सम्पूर्ण महिला तथा पुरुषहरु एकजुट भएर अगाडि बढे कांग्रेसले अवश्य सफलता हासिल गर्न सक्ने बताएका थिए।

त्यसैगरी कार्यक्रममा विशिष्ठ अतिथी नेपाली कांग्रेस मोरङ क्षेत्र नं ३ का महासमिती सदस्य साथै नोबेल मेडिकल कलेजका सञ्चालक डा. शुनिल शर्मा, प्रदेश सांसद लोक प्रसाद संग्रौला,प्रदेश सभासद शेखर चन्द थापा, प्रदेश सभासद सूर्यमा राई, नेपाली कांग्रेस मोरङ जिल्लाका सहसचिव शिव प्रसाद ढकाल, नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष गोपाल थापा, कांग्रेस नेता महेन्द्र सुवेदी, नगेन्द्र जम्मर कट्टेल लगायत अन्य विभिन्न विशिष्ठ व्यक्तिहरूको उपस्थिति रहेको थियो। त्यस्तै नाचगान साथै भेटघाट गर्दै सम्पन्न भएको उक्त कार्यक्रम नेपाल महिला संघ मोरङ क्षेत्र नं ३ की सचिव साथै कार्यक्रम संयोजक मञ्जु रेग्मीले सञ्चालन गरेकी थिइन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.