Websoft University

काठमाडौंमा बर्ड फ्लू देखिएपछि कुखुरापालकलाई सतर्कता अपनाउन सरकारको आग्रह


काठमाण्डौ फागुन ९ गते । रातो तारा डट कम,काठमाडौंमा बर्ड फ्लू देखिएपछि नुवाकोटका किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । काठमाडौंको तारकेश्वरमा बर्ड फ्लू देखिएपछि नुवाकोटका किसानलाई उच्च सतर्कता अपनाउन भनिएको हो । 

नुवाकोटका कुखुरापालक किसानहरुले कुखुरा फार्म र वरिपरिको वातावरणमा विशेष दिनुपर्ने पशु प्राविधिहरुले बताएका छन् । कुखुरा पालकले कुखुरा आयात तथा निर्यात गर्दा विशेष निगरानी गर्नुपर्ने पशुपन्छी प्राविधिकहरुको भनाइछ । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र नुवाकोटका निमित्त प्रमुख भरत पाण्डेले नेपालकै दोस्रो धेरै कुखुरा उत्पादन हुने जिल्लाको रुपमा नुवाकोट परिचित रहेको बताउनुभयो । 

उहाँले सबै व्यवसायीहरुले व्यवसायमा देखा परेका समस्या र चुनौतीहरुको एक भएर सामना गरे सबैलाई सहज हुने बताउनुभयो । नुवाकोटमा हाल एक हजारभन्दा बढीले कुखुरा व्यवसाय गर्दे आएका छन् भने दैनिक २० गाडी कुखुरा मासुको लागि अन्य जिल्ला निर्यात हुने गरेको छ । 


 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.