Websoft University

काँग्रेसमा क्रियाशील सदस्यता छानविन समितिको काम सुरू


काठमाण्डौ फागुन ९ गते । रातो तारा डट कम,नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठन गरेको क्रियाशील सदस्यता छानविन समितिले काम सुरू गरेको जनाएको छ । क्रियाशील सदस्यता छानविनलाई तीव्रता दिइएको उक्त समितिको भनाइ छ । समिति संयोजक केन्द्रीय सदस्य रमेश लेखक हुन् । काँग्रेसले १४ औं महाधिवेशन भदौ ७ देखि गर्ने निर्णय गरेको छ । वडा अधिवेशन असारदेखि नै सुरू हुन्छन् । 

अधिवेशन गर्न क्रियाशील सदस्यताको टुंगो लगाइसक्नुपर्ने हुन्छ। क्रियाशील सदस्य नै तल्ला तहमा अधिवेशनका लागि मतदाता हुन्छन् । अहिलेसम्म अर्घाखाँची जिल्लाले मात्रै क्रियाशील सदस्यताको विवरण केन्द्रमा पठाएको छ । केही जिल्लामा समायोजनकै काम बाँकी छन् । समितिले क्रियाशीलको विवरण छिटो केन्द्रमा पठाउन जिल्ला कार्यसमितिहरूलाई आग्रह पनि गरेको छ । 

जिल्लाहरूमा क्रियाशील सदस्यताबारे अहिलेसम्म भएका प्रगति र समस्याबारे जानकारी लिई समाधान गर्न समितिका सदस्यहरूलाई जिम्मेवारी दिइएको छ । प्रदेश नम्बर १ र २ मा आनन्दप्रसाद ढुंगाना र जीवन परियारलाई, प्रदीप पौडेल र श्यामकुमार घिमिरेलाई बागमती र गण्डकी, कल्याणकुमार गुरूङ र योगेन्द्र चौधरीलाई लुम्बिनी, कर्णाली र सुदुरपश्चिम अन्तर्गत रहेका जिल्लामा भइरहेका क्रियाशीलबारेका प्रगतिबारे बुझ्न खटाइएको उक्त समितिले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.