Websoft University

ट्रकको ठक्करबाट १ जनाको मृत्यु


सुनसरी, फागुन-८ गते ।  रातो तारा डट कम,सुनसरीको दुहबी नगरपालिका ८ सोनापुरमा शुक्रबार राती भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । राती पौने ११ बजे ईटहरीबाट दुहबी तर्फ आउदै गरेको को १९ प ६९७६ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट जादै गरेको BR 01-GC 0341 नम्बरको ट्रकले ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक बुढिगंगा गाउँपालिका ४ का २७ बर्षीय राजन चौधरीको उपचारको क्रममा नोवेल अस्पताल विराटनगरमा मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालक तथा मोटरसाईकल समेत ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीले नियन्त्रणमा लिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.