Websoft University

पत्रकार सम्मेलन– लायन्स क्लब अफ वेतबारीको एम्वुलेन्स ९ लख २५ हजारमा विक्री गरेको पोल खुल्यो


बिराटनगर माघ २३ गते । रातो तारा डट कम,आदरणीय सञ्चारकमी मित्रहरु लायन्स क्लब अफ वेतबारी,मोरको ११ मा स्थापता भएको सवविदितै रहेको छ । क्लवको स्वापना पछि बेलबारी कल्बले बिभिन्न सामाजिक क्रियाकलाप समेत गर्दै आएकोछ । लायन्सको बेलबारी नगरपालिकाका हालका मेयर ज्ञानेन्द्र सुबेदी सम्थापक अध्यक्ष हनुहुन्छ । त्यसपछि बेलबारी गाबिसका तत्कालीन गाविस अध्यक्ष शिवप्रसाद अनल, हाल वेलवारी नगरपालिकाका प्रचत्ता योगेन्द्र सुबेदी लगाएतका महानुभावहरु अध्यक्ष भईसक्नुभएको छ ।


गतिलो ईतिहास बोकेको लायन्स क्लवले अफ बेलबारीमा सन २०११, मा सासद विकास कोषको ३ लाख रकम सहित रकम संकलन गरि एम्बुलेन्स खरिद गरिएको र विस २०७० वैशाख ३ गते एक वर्ष पनि नबित्तै नगरपालिकाका हातका प्रबत्ता तथा वेलवारी वडा नम्बर ३ का अध्यक्ष योगेन्द्र अबैदीको संयोजकत्वमा विकी समिति बताएर च १७११ नस्बरको टाटा मोटर लि, मारत टाटा सुमो २०११ तिलिण्डर संख्या ४ सिसि १९४८ सिसि चेसिस नम्वर एम एटी ३८५०५६ ए ९ पी ३७९७३ इन्जिन नम्वर भएको सेतो रंगको एम्वुलेन्स तत्कालिन लेटाङ गाविस बडा तम्बर ५ का भक्तवहादुर राइलाई ९ लख २५ हजारमा विक्री गरेको पाइएको छ ।

जनसेवाका लागि खरिद गरेको एम्वुलेन्स बिक्रीगरेर त्यसको रकम समेत हिनामिना भएकोपाइएकोछ । सामाजिक हितका लागि राजश्व छुटबाट ल्याइएको उक्त एम्वुलेन्स बिक्रीगरेकाले सबै क्षेत्र बाट त्यस्तो कार्यको बिरोध भइरहेकोछ । अहिले नयाँ कार्यसमिति बने पछि सो बिक्री भएको वा बेपता पारीएको एम्वुलेन्स खोजि कार्यलाई तीब्र पारीएकोछ ।

सन २०२० मा लायन्स क्लब अफ बेलबारी मोरङको नयाँ कार्यसमितिमा खेम प्रसाद गौतम अध्यक्ष र सचिवमा तिर्थराज सिग्देल समेतको कार्यसति बने पछि देखिनै उक्त संस्थाको नामको सामाजिक सेवामा सरकारी छुटबाट ल्याएको एम्वुलेन्सको खोजि भइरहेको कुरा आज बिराटनगरमा पत्रकार सम्मेलन गरेर सरोकारवालाहरुले बताएका हुन ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.