Websoft University

सिद्धिचरण राजमार्गको स्तरउन्नतीको माग गर्दै! -- चरणबद्ध आन्दोलन गर्ने निर्णय


 गाईघाट ९ फागुन । रातो तारा डट कम,सिद्धिचरण राजमार्गको स्तरउन्नतीको माग गर्दै कटारी नगरपालीका ११ का वडा अधक्ष्य दिपक बुढाथोकी को नेतृत्वमा ५७ सदस्यीय दबाव समुह गठन गरीएको छ । स्थानीय बासिन्दा र जनप्रतिनिधिहरु सहितको शनिबार बेतीनीमा बसेको भेलाले दबाव समुह गठन गरेर चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको हो । सिद्धिचरण राजमार्ग अन्र्तगत कटारी देखी घुर्मि सम्मको ४६ किलोमीटर सडक जीर्ण बनेको छ । कटारी नगरपालीकाको वडा न ८ ,९ ,१०, ११,१३ र१४ मा पर्ने उक्त सडक लामो समय देखी स्तरउन्नती हुन नसक्दा सडक पुरै जीर्ण अबस्थामा रहेको छ । घोषीत कार्यक्रम अनुसार पहिलो चरणमा सडक स्तर उन्नतीको माग गर्दै फागुन १३ गते कटारी नगरपालीका मा ज्ञापन पत्र बुझाउने ,त्यसपछि इलाका प्रशासन कटारी , सडक डिभिजन लहान र भौतीक पुर्वाधार तथा यातायात मंत्रालयमा मा ज्ञापन पत्र बुझाउने रहेको संयोजक बुढाथोकीले बताए । आफुले उठाएको माग तत्काल सम्वोधन नगरीए दोसो्र चरणमा सडक बन्द गरेर आन्दोलनमा उत्रने उनले बताए ।“ हामीले सडक स्तरउन्नतीको लागी बिगत देखी पटक,पटक माग राख्दै आएका छौ । तर अहिले सम्म सुनुवाई भएको छैन ।” उनले भने । “अब आन्दोलन बाहेक अर्को कुनै बिकल्प छैन ।” लामो समय देखी सडकको अबस्था नाजुक हुदा यात्रुहरुले निकै सास्ती भोग्नु परेको छ । जीर्ण सडकको कारण आवत जावतमा कठिनाई मात्र होईन मानबीय क्षेती हुने गरी वर्षेनी सवारी दुर्घटना बढी रहेको छ । बि स २०५२ देखी नेपाली सेना ले निर्माण गरेको उक्त राजमार्गमा २०५८ साल देखी यातायात सेवा संचालनमा आएको थियो । निर्माण भएको यतिका वर्ष सम्म पनि सडक मर्मत संभार र स्तर उन्नती नहुदा कटारी देखी घुर्मी सम्मको झण्डै ४६ किलोमीटर सडक कामै नलाग्ने अबस्थामा पुगेको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.