Websoft University

व्यापार संघ, विराट व्यापार संघ, भन्सार एजेन्ट संघको सहकार्यमा भन्सार जाचपास सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

 

बिराटनगर फागुन ९ गते । रातो तारा डट कम,भन्सार विभागको आयोजाना तथा उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ, विराट व्यापार संघ, भन्सार एजेन्ट संघको सहकार्यमा भन्सार जाचपास पछिको परिक्ष्ण सम्वन्धी अन्तरक्रिया कार्यक्रम  विभागका महानिर्देशक सुमन दाहालको उपस्थितिमा उद्योग संगठन मोरङको सचिवालयमा २०७७ फागुन ९ गते, आईतवार सम्पन्न भयो । 

कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष्ँ भीम घिमिरेले राज्यका सबैपक्ष्ँले स्वच्छ, पारदर्शि र ईमान्दारीपूर्वक काम गरे राजश्वको लक्ष्य प्राप्त भई मुलुकले समृद्धि हासिल गर्ने वताउनु भयो । उहाले आर्थिक र औद्योगिक क्रान्ति ल्याउने हो भने उद्योग÷व्यवसाय फस्टाउने वातावरण तयार गर्न आर्थिक प्रशासनलाई छिटो छरितो वनाउदै प्रकृया पुगेका कन्साईमेन्टहरुको जा“चपासमा ढिलाई गर्न नहुने धारणा राख्नु भयो । अध्यक्ष् घिमिरेले नीजि क्षेेत्रलाई देशको आर्थिक एवं औद्योगिक समृद्धिको सहयात्रीको रुपमा लिई एक अर्काको विश्वासको वातावरण तयार गर्न अनुरोध गर्नु भयो । 

मोरंग व्यापार संघका कार्यवाहक अध्यक्ष्ँ नविन रिजालल भन्सार जाचपास भएको मितिले चार वर्षसम्म परिक्षण गर्न पाउने कानूनी व्यवस्थालाई व्यवहारिक बनाउन बढिमा १ वर्षको समय कायम गरिनु पर्ने, मुद्दामा गएका पैठारीहरुलाई शिघ्रताका साथ छिनोफानो गर्नुपर्ने सुझाव दिनु भयो । उहा“ले न्यून विजिकरणको शंका लागेमा पैठारी भएका मालसामानहरुको विजक मुल्यमा १० प्रतिशत मुल्य अभिवृद्धि गरी भन्सार विभागले नै खरिद गर्ने व्यवस्था कार्यान्वयन कार्यान्वयन गर्न जोड दिनु भयो ।   

विभागका महानिर्देशक सुमन दाहालले भन्सार विभागले सरकारद्धारा निर्दिष्ट नीति नियमको पालना गराउदै आयात निर्यात व्यापार सहजीकरण गर्दै आएको वताउदै उद्योगी÷व्यवसायीलाई भंसार कार्यालयसंग सम्वन्धित समस्या स्थानीय स्तरमै सुल्झाउदै नीतिगत समस्या आएमा समाधानका लागि विभाग तयार रहेको वताउनु भयो ।

उहाले भंसार विभाग प्रविधिमैत्री वनाउन सक्रिय रुपमा अघि वढेको जानकारी गराउदै अन्तरक्रियामा प्राप्त सुझावले नीति नियमा परिमार्जन गर्दै परिस्कृत वनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आयात निर्यात गर्दा ऐन र नियममा उल्लेखित कुराहरु पूर्ण रुपमा लागु गर्न सबैमा अनुरोध गर्नु भयो । 

अन्तरक्रियाका सभापति एवं प्रमुख भन्सार परीक्ष्ँण प्रशासक विष्णुराज ढकालले उद्योगी÷व्यवसायीलाई एच.एस कोडको घोषणा वुझेर गर्न आग्रह गर्दे कानुनको परिपालना गर्नु गराउनु भन्सारको काम भएको वताउनु भयो । उहाले भंसार कार्यलयलाई सेवाग्राही मैत्री वनाउदै व्यापार सहजीकरण गर्न सबैको सहयोग र सहकार्य आवश्यक हुने वताउदैै अन्तरक्रियाबाट प्रँप्त सुझावले आगामी नीति निर्माण गर्दा सहयोग पु¥याउने वताउनु भयो ।  

कार्यपत्र प्रस्तुत गर्दै भन्सार परिक्ष्ँक महेन्द्र कुमार कर्णले भन्सार कार्यालयबाट जा“चपास भएको मालवस्तु निकासीकर्ता वा पैठारीकर्ताले घोषणा गरे बमोजिमको हो होइन वा घोषणा अनुरुप भए नभएको यकिन गर्न महानिर्देशक वा भन्सार परिक्षकले कुनै निकासीकर्ता वा पैठारीकर्ताको खरिद विक्री सम्बन्धि खाता, अभिलेख, कागजात, कम्प्युटर प्रणाली लगायत सम्पुर्ण अभिलेख परिक्षण गरिने पद्धतिलाई भन्सार जा“चपास पछिको परिक्षण भनिने जानकारी गराउनु भयो । 

मोरङ व्यापार संघका निवर्तमान अध्यक्ष्ँ पवन शारडाले व्यापार÷व्यवसाय वढे रोजगारीका अवसरहरु समेत सिर्जना हुने भएकाले उद्योगी÷व्यवसायीका लागि लगानीमैत्री वातावरण वनाउन सवैको सहयोग हुनुपर्ने धारणा राख्नु भयो । 

उद्योग संगठन मोरङका पूर्व अध्यक्ष्ँ सुशिल धनावतले उद्योगी÷व्यवसायीलाई मात्र दोषि देखाएर हरेक कुरामा जरिमाना लाउन नहुने धारणा राख्दै भन्सार जँ“चपास भएको मितिले वढीमा १ वर्ष सम्म परिक्षण गर्न पाउने व्यवस्था कायम गर्नुपर्नेमा जोड दिनु भयो । 

विराटनगर भंसार कार्यालयका प्रमुख भन्सार अधिकृत शिव प्रसाद भण्डारीले भन्सार कार्यालयले नेपाल सरकारद्धारा निर्दिष्ट ऐन, कानुन कार्यान्वयनमा गर्ने निकाय रहेको वताउनु भयो । आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत विमल सापकोटाले स्थानीय उद्योगी÷व्यवसायीको आफु मातहतको समस्या तत्काल सम्वोधन गर्दै नीतिगत सुधारका लागि आन्तरिक राजश्व विभागमा पहल गर्ने वातउनु भयो । 

अन्तरकृयाको क्रममा संगठनका उपाध्यक्ष्ँ प्रदिप मुरारकाले निर्यात गर्ने उद्योगहरुलाई वण्डेड वेयर हाउसको सुविधा विभागबाट नभई सम्वन्धित भन्सार कार्यालयले नै दिने व्यवस्था गर्नु पर्ने धारणा राख्नु भयो । सोही क्रममा संगठनका कार्यसमिति सदस्य पारस लुनियाले भन्सारसंग सम्वन्धित समस्या समाधानका लागि रेपिड एक्शन फोर्स वनाउन अनुरोध गर्नु भयो । 

अन्तरक्रियामा भन्सार एजेन्ट संघका पूर्व अध्यक्ष्ँ प्रविण जोशी, विराट व्यापार संघका निवर्तमान अध्यक्ष्ँ शिव रिजालले व्यवसायीले भन्सारमा भोग्नु पर्ने प्रकृयागत जटिलताका सम्वन्धमा जानकारी गराउदै समाधानका लागि अनुरोध गर्नु भएको थियो । 

कार्यक्रममा उद्योग संगठन मोरङ र मोरङ व्यापार संघका पदाधिकारी, कार्यसमिति सदस्यहरु, भन्सार विभागका अधिकृतहरु, उद्योगी÷व्यवसायीहरु, भन्सार एजेन्ट संघका सदस्यहरु लगायत महिला उद्यमीहरुको सहभागिता रहेको   थियो । 


२०७७ फागुन ०९ गते, आईतवार

विराटनगर 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.