Websoft University

हसिना ग्रुपद्वारा ग्राहकहरुलाई उपहार वितरण सुरु

 


शिव भट्टराई,मोरङ माघ २६ वते । रातो तारा डट कम,विगत तीन वर्षदेखि सफाइका सामानहरु उत्पादन गरी १ नं. प्रदेश र २ नं. प्रदेशमा आफ्नो बजार विस्तार गर्दै विक्रेताहरुलाई हौसला प्रदान गर्ने उद्देश्यले हसिना ग्रुप प्रा.लि. ले माघ २५ गतेबाट विक्रेता तथा ग्राहकवर्गलाई सामान खरिद गरे वापत भित्ते घडी उपहार दिने कम्पनीले जनाएको छ ।


इटहरी १२ खनारका भट्टराई हार्डवेयरबाट सञ्चालकद्वय उमानाथ आचार्य र रोहित कुलुङ राईले उक्त हार्डवेयरका प्रोप्राइटर हेमन्त भट्टराईलाई भित्ते घडी उपहार प्रदान गरी हसिना विक्रेता तथा ग्राहक उपहार योजनाको शुरुवात गर्नुभएको थियो ।

उपहार प्रदान गर्दै कम्पनीका अध्यक्ष उमनाथ आचार्यले हाम्रो उत्पादन मन पराई विक्री वितरण गरी उपभोक्तासम्म पु¥याइदिनु भएकोमा हेमन्त भट्टराईलाई धन्यवाद दिदैं उपहार प्राप्त गर्नु भएकोमा बधाई दिनु भएको थियो । कम्पनीका संस्थापक अध्यक्ष पर्शुराम घिमिरे, साथै संव्चालक रोहित कुलुङ राईले स्वदैशी उत्पादन लाई नै प्राथमिकतामा राखेर हाम्रो कम्पनीबाट उत्पादन भएको ट्वाइलेट क्लिनर, फिनेल, गिलास क्लिनर, भाडा धुने सप, लुगाधुने सप, ड्रिष्टिल वाटर लगायतका सफाइका सामान खरिद गरी विक्री वितरण गर्नु भएकोमा धन्यवाद व्यक्त गर्नु भएको थियो । 

हार्डवेयर व्यवसायी हेमन्त भट्टराईले २ वर्षदेखि हसिनाद्वारा उत्पादित सफाइका सामानहरु खरिद गरी विक्री वितरण गरेको र उपभोक्ताहरुले रुचाइएको र कम्पनीको तर्फबाट उपहार पाउँदा खुशी व्यक्त गरे ।कम्पनीको सामान खरिद गरे वापत सबै विक्रेताहरुले उपहार पाउनेछन् तर निश्चित सर्तहरु भने लागु हुने आचार्यले जानकारी दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.