Websoft University

एन्फा कम्प्लेक्समा आज एपीएफ र चौदण्डीबीच प्रतिस्पर्धा हुने


काठमाण्डौ माघ २६ गते । रातो तारा डट कम,राष्ट्रिय महिला लिग फुटबलमा आज लिग लिडर एपीएफले उदयपुरको चौदण्डीगढी नगरपालिकासँग प्रतिस्पर्धा गर्दैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपीएफ र चौदण्डीबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल अपरान्ह २ बजे सुरु हुनेछ । साविक विजेता समेत रहेको एपीएफ चौदण्डीलाई हराएर अपराजित यत्र कायम राख्न चाहन्छ । एपीएफ लिगमाअपराजित रहनेएक्लो टिमहो । शीर्ष स्थानको एपीएफएले ६ खेलमा १८ अङ्क जोडेको छ । एपीएफ आजको खेलमा उक्त नतिजा कायम राख्न चाहन्छ । यता, चौदण्डी भने एपीएफलाई रोक्ने योजनामा रहेको छ । चौदण्डी एपीएफसँग अघिल्लो खेलमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ । जारी लिगमा अङ्क बिहीन रहने एक्लो टिम चौदण्डी हो । चौदण्डीले अघिल्ला ६ खेलमा हार व्यहोरेको छ । चौदण्डीले आफ्नो टिम बलियो बनाउन भारतीय खेलाडी अनुबन्ध गरिसकेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.