Websoft University

कुपण्डोलमा खुल्यो रानी बुटिक

 


काठमाडौ माघ २६ गते । रातो तारा डट कम,फेसन पारखीहरुका लागि नयाँ बुटिक थपिएको छ । फेसन डिजाइनर प्रविना केसीले ललितपुरको कुपण्डोलमा ‘रानी बुटिक’ सञ्चालनमा ल्याएकी छन् । उक्त बुटिकको शनिबार एक औपचारिक समारोहबीच नेपाली सांगीतिक क्षेत्रकी चर्चित गायिका मेलिना राई उद्घाटन गरेकी छन् ।


मलाई यो बुटिक निकै राम्रो लाग्यो’ उद्घाटनपछि मेलिनाले भनिन्, ‘अबदेखि म पनि यही बुटिकमा आउँछु ।’ उनले आफू खाशै फेसन कन्सस नभएपनि पार्टी तथा कार्यक्रममा जाँदा बुटिकमा तयार गरिएको ड्रेस पहिरिने गरेको सुनाइन् । 

कोरियन फेसकी यी सुन्दर गायिका ‘रानी बुटिक’ले तयार परेको रिल्भर कलरको गाउनमा चिटिक्क खुलेकी थिइन् । उनकै लागि नगरिएको भएपनि रिल्भर गाउनमा गायिका मेलिना खुलेकी थिइन् । उनले भनिन्, ‘मलाई यो गाउनले पनि सुहाएको छ है ।’ बुटिक सञ्चालनमा ल्याएको उनले डिजाइनर तथा रानी बुटिककी सञ्चालक प्रविनालाई बधाई दिइन् ।

फेसन डिजाइनर प्रविना बागबजारस्थित आईआईएफटी (फेसन अफ स्कुल’की विद्यार्थी हुन् । आईआईएफटीका फेसन कोर्ष सकेपछि आफूले बुटिक सञ्चालनमा ल्याएको बताइन् । 

बुटिक उद्घाटन समारोहमा आईआईएफटीका निर्देशक तेन्जिङ शेर्पा, कुसुम द बुटिककी सञ्चालक तथा फेसन डिजाइनर कुसुम श्रेष्ठलगायतको उपस्थिति थियो ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.