Websoft University

सुन्दरहरैंचामा महिलाहरूका लागि लैगिङ्क समावेशिता तालिम सम्पन्न


शिव भट्टराई,मोरङ माघ १२ गते । रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ११ स्थित लालीगुराँस भजन किर्तन समूहको सभाहलमा महिलाहरूका लागि ४ दिने लैङ्गिक समावेशिता सम्बन्धी तालिम सम्पन्न भएको छ।


पकली टेक्नोलोजी इन्स्टिच्युट प्राली इटहरीको आयोजनामा र सुन्दरहरैंचा न पा वडा नं ११ को सहयोगमा आयोजित ४ दिने तालिम सम्पन्न भएको छ। महिलाहरु माथि हुने घरेलु हिंसा , मानसिक हिंसा, लैगिङ्क हिंसा सम्बन्धी साथै हिंसामा परेका महिलाहरुको लागि के कस्तो कानुन र प्रावधान छ भन्ने विषयमा जानकारी गराउने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रम ९ गते शुक्रबार सुुरु गरी १२ गते सोमबार सम्पन्न भएको हो।


उक्त कार्यक्रममा वार्ड नं ११ का वडाध्यक्ष बिशनलाल चौधरीको प्रमुख आतिथ्यता रहेको थियो भने लालीगुराँस भजन किर्तन समुहका उपाध्यक्ष पोष्ट कुमार श्रेष्ठको सभापतित्व रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले महिला हिंसा न्यूनीकरणका लागि यस्तो जनचेतनामुलक कार्यक्रम निकै आवश्यक रहेको बताउँदै महिला तथा पुरुष हिंसाको न्यूनीकरणका लागि नगरमा न्यायिक समिति र वार्डमा मेलमिलाप केन्द्र गठन भएर काम गरिरहेको बताएका छन्। त्यसैगरी कार्यक्रममा मेलमिलाप केन्द्र सुन्दरहरैंचा नगरपालिका वडा नं ११ की उपसंयोजक अतिथि निरु बजगाईंले लैगिङ्क हिंसा सम्बन्धी कुनै समस्या भएमा अफ्ठयारो नमानी भन्न सक्नु पर्छ र त्यसका समाधानका लागि मेलमिलाप केन्द्र सधैं तयार रहेको बताएकी छिन्। 

उक्त ४ दिने तालिममा जम्मा २७ जना महिलाहरुको सक्रिय सहभागिता रहेको थियो भने प्रशिक्षक पेशल खतिवडाले तालिममा सहजीकरण गरेका थिए।

तालिममा सहभागी महिलाहरु कोपिला घिमिरे , लक्ष्मी भट्टराई लगायतले लैगिङ्क हिंसा सम्बन्धी कानुन र प्रावधानको बारेमा बुझ्ने र सिक्ने अवसर दिएकोमा आयोजकलाई धन्यवाद दिँदै यो वडामा मात्र नभएर सम्पूर्ण वडामा यस्तो तालिमको आवश्यकता रहेको बताएका थिए।

कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका वडा नं ११ का सचिव राम रेग्मी , मेलमिलाप केन्द्र वडा नं ११ की सचिव तुलसा आचार्य लगायत अन्य विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो भने सो कार्यक्रम कल्पना कार्कीले सञ्चालन गरेकी थिइन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.