Websoft University

ठुलो परिणाममा अबैध समान सहित १ जना पक्राउ

 


झापा, माघ १४ गते । रातो तारा डट कम,ईलाका प्रहरी कार्यालय दमकले ठुलो परिणामको अबैध समान सहित १ जनालाई पक्राउ गरेको छ । दम नगरपालिका-६ मा रहेको एक घरमा ओरियन्स कम्पनीका बिभिन्न ब्राण्डका खाद्य वस्तुहरु अबैध रुपमा ल्याई भण्डारण गरिएको भन्ने बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले २ करोड ४२ लाख ४० हजार ७३० रुपैयाँ बराबरको अबैध खाद्य वस्तुहरु बरामद गरेको हो ।


समान बरामद भएसंगै संचालक जितेन्द्र साह समेतलाई पक्राउ गरी थप अनुसन्धानको लागी आन्तरिक राजश्व कार्यालय ईटहरी पठाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.