Websoft University

आज देशका विभिन्न भूभागमा एकासी चिसो बढ्यो

 


काठमाण्डौ पुस २६ गते । रातो तारा डट कम,मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भूभागमा मौसम बदली भइ चिसो बढ्ने बताएको छ । महाशाखाका अनुसार देशमा हाल कुनै उल्लेखनीय मौसमी प्रणाली छैन तर, आज केही स्थानमा मौसममा आंशिक बदली हुनेछ । 

महाशाखाले आज बिहान मौसम सम्बन्धी सूचना जारी गर्दै देशका विभिन्न भूभागमा तापक्रममा हल्का गिरावट आई चिसो बढ्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ र प्रदेश २ मा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 

राति भने प्रदेश १ मा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । भोलि दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने बताइएकोछ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.