Websoft University

पाकिस्तान सुपर लिगक टी–ट्वान्टी क्रिकेटको ड्राफ्ट बन्दै,

 


काठमाण्डौ पुस २६ गते । रातो तारा डट कम,पाकिस्तान सुपर लिग (पीएसएल) टी–ट्वान्टी क्रिकेटको ड्राफ्ट आज हुँदैछ । पाकिस्तानको लाहोरमा हुने ड्राफ्ट नेपाली समय अनुसार साँझ सवा ५ बजेबाट सुरु हुने बताइएको छ । ड्राफ्टमा नेपालका १० खेलाडी परेका रहेका छन् ।

 नेपाली लेग स्पिनर सन्दीप लामिछाने प्लाटिनम क्याटेगोरीको ड्राफ्टमा छन् । जुन सर्वाधिक उच्च मूल्यको क्याटेगोरी हो । यस क्याटेगोरीमा अनुबन्ध हुने खेलाडीले १ लाख ४० हजार देखि २ लाख ३० हजार अमेरिकी डलर प्राप्त गर्ने छन् । यस्तै राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्व कप्तान पारस खड्कासहित अन्य ९ खेलाडी सिल्भर क्याटेगोरीको ड्राफ्टमा परेका छन् । 

यस क्याटेगोरीमा पर्ने खेलाडीमा उपकप्तान दिपेन्द्र सिंह ऐरी, करण केसी, कुशल मल्ल, पवन सर्राफ, सुवास खकुरेल, अविनास बोहोरा र आशिफ शेख रहेका छन् । यस क्याटेगोरीको मूल्य १५ हजार अमेरिकी डलरदेखि ३५ हजार अमेरिकी डलरसम्म रहेको छ । ड्राफ्टमा पीएसएल खेल्ने ६ टोलीले खेलाडीमाथि बोली लगाउने छन् ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.