Websoft University

चुनाव तोकिएको र भनिएको मितिमा हुने–पूर्व प्रधानन्यायाधीको वक्तव्यप्रति प्रधानमन्त्रीको आपत्ति


काठमाण्डौ पुस २६ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन प्रकरणमा चार पूर्व प्रधानन्यायाधीशको वक्तव्य प्रति आपत्ति जनाउनुभएको छ । आफ्नो पक्षका युवा संघका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले अदालतलाईनधक्याउन सचेतगराउनुभयो । 

एक पटक अदालतमा जागिर खाएको भरमा केही मान्छेले यस्तो हुन्छ र उस्तो हुन्छ भन्न थालेको प्रधानमन्त्री ओलीले टिप्पणी गर्नुभयो । न्यायधिस जस्तो सर्वोच्च अदालतको सर्वोच्च ठाउँमा पुगिसकेको मान्छेहरुले सर्वोच्च अदालतलाई गलत ढंगले प्रभावित गर्ने, धम्क्याउने कुनै पनि क्रियाकलाप गर्न नसुहाउने पनि उहाँले बताउनुभयो । 

आफूहरुले कहिल्यै न्यायपालिका विरुद्ध बोल्ने, नाराजुलुस गर्ने नगरेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।  हिजो पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो कार्य फेरि कहिल्यै दोहोरिन नपाउने गरी ‘वर्तमान गतिरोधको अवस्था सुधार्न सम्बन्धित सबैको ध्यानाकर्षण गराएका थिए । 

प्रधानमन्त्री ओलीले अब मुलुक निर्वाचनमय भएकाले तोकिएकै मितिमा निर्वाचन हुने दाबी पनि गर्नुभएको छ । हिजो काठमाडौं कमलादीमा आफ्नो पक्षका कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चुनाव तोकिएको र भनिएको मितिमा हुने दाबी गर्नुभयो ।  निर्वाचन हुनेमा अन्योल र भ्रममा नपर्न समेत उहाँले आग्रह गर्नुभयो  । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.