Websoft University

राष्ट्रिय सभाको हिउँदे अधिवेशन सकियो


काठमाण्डौ पुस २७ गते । रातो तारा डट कम,राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । यही पुस १७ गतेबाट राष्ट्रियसभाको हिउँदे अधिवेशन सुरु भएको थियो । जम्मा १० दिनको अवधिमा राष्ट्रिय सभामाको ४ दिन बैठक बसेको छ । बैठक अवधि ७ घण्टा ५ मिनेट रहेको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो  । यस अवधिमा राष्ट्रपतिबाट जारी गरिएका विभिन्न ७ वटा अध्यादेशहरु राष्ट्रियसभामा पेस भएका छन् । संवैधानिक परिषदको काम कर्तव्य र अधिकार सम्बन्धी पहिलो संशोधन अध्यादेश, नेपाल प्रहरी तथा प्रदेश प्रहरीको कार्यसन्चालन तथा सुपरिवेक्षण सम्बन्धी अध्यादेश, सामाजिक सुरक्षा अध्यादेश, तेनाब तथा अन्य घातक रासायनिक पदार्थको नियमन सम्बन्धी अध्यादेश, औषधि तेस्रो संशोधन अध्यादेश, हिंसाविरुद्ध केही नेपाल ऐन संशोधन अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी अध्यादेश अधिवेशन नचलेको अवस्थामा राष्ट्रपतिबाट जारी गरिएका थिए । मन्त्रिपरिषदको आज बसेको बैठकले अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ । अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को बैठक बस्नै पर्ने कानुनी बाध्यतासमेत छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.