Websoft University

आफू चढ्ने गाडीमा बोकेर मानसिक रोगीको उद्दार


बेलबारी पुस २६ गते । रातो तारा डट कम,बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले आइतबार एक मानसिक रोगीको उद्दार गरि आफैँले संरक्षणका निम्ति एक परोपकारी संस्थासम्म पुर्याएकी छन्।उनले नगरपालिकाको आफूले प्रयोग गर्ने गाडीमा राखेर ती महिलाको उद्दार गरेकी हुन्।

बेलबारी १० की ती महिला लामो समयदेखि मानसिक रुपमा अस्वस्थ रहेको थाहा पाएपछि इटहरी स्थित आमाघरको संरक्षणमा रहनेगरी संस्थासँग समन्वय गरेर ती महिलाको व्यवस्थापन गरिएको हो।गाउँमा बालबच्चा ज्येष्ठ नागरिक जोगाउन गार्हो भयो र यो विकल्प खोज्नुपरेको उपमेयरसहित आमाघर पुगेकी कार्यपालिका सदस्य गीता गिरीले बताइन्।दिनुहुँ फोन आउँछ कहिले छिमेकीको गाइभैँसी फुकाइदिने,वस्तुभाउ कुटिदिने होहल्ला गर्ने बानीले ती महिलाका कारण दिनहुँ गाउँ टोल सन्त्रस्त भएको र आमाघरसम्म पुर्याउन परिवारसँग गाडी भाडासमेत नभएकोले आफैँले काउन्सिलिङका लागि संस्थासम्म पुर्याएको उपमेयर पराजुलीले बताइन्।

      उपमेयर पराजुलीको अगुवाइमा यस अघि पनि बेलबारीका दर्जनौँ वेसहारा,अशक्त र सडक मानवहरुको उद्दार भइसकेको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.