Websoft University

बेलायतमा लकडाउनको घोषणा


 काठमाण्डौ पुस २१ गते । रातो तारा डट कम,बेलायतमा दोस्रो पटक देशव्यापी लकडाउनको घोषणा गरिएकोछ । बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले कोरोना भाइरसको सङ्क्रमणको दर बढ्दै गएपछि दोहो¥याएर लकडाउनको घोषणा गर्नुभएको हो । प्रधानमन्त्री जोनसोनले लकडाउनको घोषणा गर्दै सबै नागरिकलाई घरमै बस्न र अनावश्यक घरबाट बाहिर नस्किन पनि आग्रह गर्नुभएको छ । आजबाट लागू हुने लकडाउन फरवरीसम्म जारी रहने बताइएको छ । बेलायतमा पछिल्लो समय कोरोना भाइरसको नयाँ प्रकार फैलिएपछि तीव्र गतिमा सङ्क्रमण बढ्न थालेको छ । हालसम्म कोरोनाका कारण बेलायतमा सङ्क्रमित हुनेको संख्या २७ लाख १३ हजार ५ सय नाघेको छ । 







Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.