Websoft University

सरकारले कोरोना सङ्क्रमण पुष्टि भएकाहरुलाई स्वास्थ्यकर्मीको सम्पर्कमै बस्न आग्रह गरेकोछ


काठमाण्डौ पुस २१ गते । रातो तारा डट कम,सरकारले कोरोना सङ्क्रमण पुष्टि भएकाहरुलाई स्वास्थ्यकर्मीको सम्पर्कमै बस्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षण पश्चात कोरोना पुष्टि भएकाहरुको ज्यान जोखिममा हुने भएकाले जहाँ बसेपनि स्वास्थ्यकर्मीको सम्पर्कमा बस्न भनेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै सङ्क्रमण पुष्टि भएका व्यक्तिको स्वास्थ्य अवस्था बिग्रदै जाँदा समेत समयमा स्वास्थ्यकर्मीको सम्पर्कमा नआउने तथा अस्पताल समयमै नपुग्नाले उपचार आदिमा ढिला भई ठूलो जोखिम आउने र यस अवस्थामा मानसिक तनावसमेत बढ्न सक्ने भएकाले सतर्क रहन भनेको हो । यस्तै अनावश्यक कोरोना परीक्षण नगराउन र नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ । सचिवस्तरीय निर्णय गर्दै मन्त्रालयले होम आइसोलेसनमा तथा अस्पताल सेन्टरमा भर्ना भएर लामो समय रहने र पटक पटक परीक्षण गरिरहने तथा नतिजा नेगेटिभ नआउञ्जेल डिस्चार्ज समेत नहुने कार्यहरु गर्दा गम्भीर प्रकृतिका बिरामीहरु उपचारबाट बञ्चीत हुने गरेकाले त्यस्तो नगर्न पनि आग्रह गरेको छ । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.