Websoft University

कक्षा ११ र १२ को पाठ्यक्रमबारे परेको रिट सुनुवाई पुस २७ गते हुने


काठमाण्डौ पुस २१ गते । रातो तारा डट कम,कक्षा ११ को पाठ्यक्रम सम्बन्धी रिटको सुनुवाई पुस २७ गतेसम्मका लागि लम्बिएको छ । हिजो सर्वोच्चका न्यायाधीश टंकबहादुर मोक्तान र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले कक्षा ११ र १२ को पाठ्यक्रमबारे परेको रिट सुनुवाईका लागि पेश गर्न आदेश दिएको छ । रिटमा अब पुस २७ गते सुनुवाइ हुने प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो । यस रिटमा सर्वोच्चले अन्तरिम आदेश नदिई एकै पटक फैसला दिने तयारी गरेको छ । कक्षा ११ मा नयाँ पाठ्यक्रम कार्यान्वयन सुरु भएपछि उक्त पाठ्यक्रम कार्यान्वयन नगर्न आदेश माग गर्दै भगवता अर्यालसमेतले सर्वोच्चमा रिट दिएका थिए । यस रिटमा गत कात्तिक १९ गते सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम तत्काललाई लागू नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । अब पुस २७ गतेसम्म अल्पकालीन अन्तरिम आदेश भने निरन्तर रहनेछ ।  


 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.