Websoft University

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसदमा हिंसा मचाएको जनताबाट आरोप लागेको बेला उनैले आक्रमणको निन्दा गरेका छन ।


काठमाण्डौ पुस २४ गते । रातो तारा डट कम,अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक भिडियो ट्विट गर्दै अमेरिकी संसदमा भएको हिंसात्मक घटनाको निन्दा गर्नुभएको छ । भिडियोमार्फत सन्देश जारी गर्दै उहाँले हिंसा भड्काउने कार्यमा संलग्न भएकाहरुप्रति खेद व्यक्त गर्दै आफू ‘व्यवस्थित’ सत्ता हस्तान्तरण गर्न प्रतिवद्ध रहेको उल्लेख गर्नुभएको छ । कतिपय सञ्चारमाध्यमहरूले त्यहाँ सुरक्षा बलको तैनाथी उपराष्ट्रपति माइक पेन्सको निर्देशनमा भएको उल्लेख गरेका छन् । ट्रम्पले आफ्नो भिडियो सन्देशमा अमेरिकालाई सधैँ एक कानुनी व्यवस्था भएको देश बनाइराख्नु पर्नेमा जोड दिँदै संसदमा हिंसा मच्चाउनेहरूले अमेरिकी लोकतन्त्रलाई अपवित्र बनाएको टिप्पणी गर्नुभएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.