Websoft University

सवारी दुर्घटना २ जनाको मृत्यु

 


बिराटनगर, पौष २४ गते । रातो तारा डट कम,ईलाम र झापाका दुई छुट्टाछुट्टै स्थानमा बिहिवार भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । ईलामको माङसेबुङ गाउँपालिका-२ भोटेडाँडामा गोलिया बोकेको ट्रक दुर्घटना हुँदा ट्रकका सह-चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । बिहिवार बिहान पाँचथरको रविबाट दमक तर्फ गोलिया बोकेर जाँदै गरेको ना ३ ख २०५ नम्बरको ट्रक आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना हुँदा घाईते भएका ट्रकका सह-चालक मिक्लाजुङ गाँउपालिका-४ पाँचथरका ३५ बर्षीय किरण राईलाई उपचारको लागी दमक लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । यसैगरी झापाको शिवसताक्षी नगरपालिका-११ दुधेको भित्र सडक खण्डमा ट्रकले साईकलमा यात्रा गरिरहेका  स्थानीय १३ बर्षीय बालक भिम बहादुर राईलाई ठक्कर दिंदा बालकको  मृत्यु भएको छ । बिहिवार बिहान मे १ ख ३३९२ नम्बरको ट्रकले ठक्कर दिंदा घाईते भएका बालकको मेची अस्पताल भद्रपुरमा  उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझीलेले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.