Websoft University

एक बैँकमा खाता खोलेर अर्को बैँकको एटीएमबाट रकम निकाल्दा प्रति कारोबार २० रुपैयाँसम्म शुल्क लाग्ने भएकोछ ।


काठमाण्डौ पुस २४ गते । रातो तारा डट कम,आगामी माघ १ गतेदेखि एक बैँकमा खाता खोलेर अर्को बैँकको एटीएमबाट रकम निकाल्दा शुल्क तिर्नु पर्ने भएको छ । यसअघि राष्ट्र बैँकले कोरोना भाइरसको असर रहेसम्म जुनसुकै बैँकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन बैँकहरुलाई निर्देशन दिएको थियो । उक्त निर्देशन खारेज गर्दै बैँकहरूलाई साविककै व्यवस्था अनुसार शुल्क लिन राष्ट्र बैँकले भनेको हो । तर शुल्कका लागि नयाँ शर्त राष्ट्र बैँकले तोकेको छ । सीआईएनसँग कुरा गर्दै राष्ट्र बैँकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार बैँकहरूले महिनाको २ पटकसम्म एक बैँकको एटिएम कार्ड अर्को बैँकमा प्रयोग गर्दा पनि शुल्क लिन पाउने छैनन् । त्यसबाहेक भने प्रति कारोबार २० रुपैयाँसम्म शुल्क लिन सक्नेछन् । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.