Websoft University

मदन भण्डारी लोगमार्गको गाईघाट स्थित पिजि चौकमा निमार्ण कार्य अबरुद्ध


गाईघाट १४ माघ । रातो तारा डट कम,जग्गा बिवादले निमार्णधिन मदन भण्डारी लोगमार्गको गाईघाट स्थित पिजि चौकमा निमार्ण कार्य अबरुद्ध बनेको छ । दशै पछि तिब्र गतीमा भैरहेको सडक निर्माण को काम बरुवा पुल देखी पिजी चौक सम्म पुन जग्गा बिवादले स्थानीयले काममा अबरोध गरेपछि बुधबार देखी काम बन्द भएको छ । त्रियुगा नगपालीकाले सडकको चौडाई २२ मिटर कायम गरेपछि त्यसमा असन्तुष्ट केही ब्यक्तिहरुले अबरोध गरेका छन । सडकको दाया बाया दुबै तर्फका जग्गा धनीहरुले २÷२ मिटर जग्गा छाड्न नमाने पछि काम रोकीएको लोकमार्ग कार्यालय गाईघाटका डिई बेल बहादुर भुजेलले बताए । उनले यस अघि पनि सोही बिषयमा बिवाद भएपछि नगरपालीकाले बनाएको मापदण्ड अनुरुप काम शुरु गरीएको बताए ।“ सर्ब पक्षिय भेलामा मेयर ले लागु गरेको मापदण्ड अनुसार रोकीएको काम पु न सुचारु भएको थियो । ”उनले भने। “फेरी स्थानीयले ्जग्गा नछाडने भन्दै आज देखी काममा अबरोध पु¥याए। सडक छोडेर दुबै तर्फ नाला निर्माणको लागी २÷२ मिटर जमीन छाड्ने सहमती भएको थियो ।” डिई भुजेलले बताए । तर अहिले उक्त सहमती उलङघन गरीएकोले निमार्ण को काम रोकीएके छ । पिजी चौकका अगुवा मोहन सिंह तामाङग ले केही ब्याक्तिहरुले जग्गा छाडन नमान्दा बिवाद बढेको बताए । “पहिले उनीहरु ले जग्गा छाड्न सहमती जनाएका थिए । तर अहिले आएर फेरी बखेडा सृजना गरे ”। उनले भने । मदन भण्डारी लोगमार्गको बजार भित्र पिजी चौक बाहेक सबै तिर काम सम्पन्न भैसकेको छ । पिजी चौकको बिवादले काम अघि बढन नसक्दा लामो समय सम्म सडक निर्माणको काम रोकीन जाने स्थानीयले चिन्ता ब्यक्त गरेकाछन । लोगमार्ग कार्यालयका डिई भुजेलले लोगमार्गको १८ मिटर चौडाई भित्र १४ मिटर कालोपत्रे र २÷२ मिटर नाला बनाउने स्टिमेट रहेपनी बजार क्षेत्र फराकिलो बनाउने भन्दै नगरपालीकाले मुख्य चौकमा २५ मिटर र बाकी भागमा २० मिटर सडक कायम गर्ने मापदण्ड बनाएको थियो । तर त्यसमा तिब्र बिरोध भएपछि पुन सडक २२ र२० मिटर बनाउन नगरपालीकाले मापदण्ड परिबर्तन गरेको थियोे । स्थानीयले सोही मापदण्डमा सहमती जनाए संगै लोगमार्ग निर्माको काम अघि बढेको डिई भुजेलले बताए । धरान देखी हेटौडा सम्म १ सय ७३ किमी लामो मदन भण्डारी लोगमार्गको काम अन्तीम चरणमा पुगेको योजना कार्यालय ले जनाएकोछ ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.