Websoft University

आज राष्ट्रिय सभाको बैठक बस्दै


काठमाण्डौ पुस २३ गते । रातो तारा डट कम,राष्ट्रिय सभाको बैठक आज बस्दै छ । पुस १७ गतेबाट सुरु भएको राष्ट्रिय सभाको हिउँदे अधिवेशन आज पुनः बस्न लागेकोहो । प्रधानमन्त्री केपी ओली शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु भएको हो ।

बैठक दिउँसो १ बजे बस्ने छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले “मधेशी आयोगको वार्षिक प्रतिवेदन, २०७६÷०७७” पेश गर्नुहुने कार्यतालिका रहेको छ । यस्तै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिमा सदस्यको नाम मनोनयनको लागि प्रस्ताव गर्नुहुने कार्यतालिका पनि रहेको छ । 

यसअघि पुस १७ को बैठकमा राष्ट्रपतिले अधिवेशन आह्वान गरेको पत्र र मन्त्रिपरिषद् विस्तार र जिम्मेवारी हेरफेर सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पढेर सुनाउनुभएको थियो । बैठकमा दलीय प्रतिनिधित्वका आधारमा दलका नेताहरुले सम्बोधन गरेका थिए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.