Websoft University

वल्र्ड मिटरको तथ्याङ्क अनुसार गत २४ घन्टामा ७ लाख ४६ हजार ७ सय ९८ जना नयाँ कोरोना सङ्क्रमित थपिए


काठमाण्डौ पुस २३ गते । रातो तारा डट कम,कोरोना भाइरसका कारण विश्वभर सङ्क्रमित हुनेको संख्या ८ करोढ ७६ लाख नाघेको छ । वल्र्ड मिटरको तथ्याङ्क अनुसार गत २४ घन्टामा ७ लाख ४६ हजार ७ सय ९८ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । 

नयाँ सङ्क्रमित थपिएसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या ८ करोड ७६ लाख १९ हजार ५ सय ५ पुगेको छ । यस्तै गत २४ घन्टामा थप १३ हजार ५ सय ३६ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १८ लाख ८९ हजार ५ सय ५६ पुगेको छ । हालसम्म विश्वभर कोरोनाका कारण सङ्क्रमित भएकामध्ये ६ करोड ३१ लाख १९ हजार ७ सय ६५ जना स्वस्थ भएका छन् । 

पछिल्लो २४ घन्टामा थपिएका सङ्क्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी दुई लाख ३३ हजार ६ सय ५० जना रहेका छन् भने थप ३ हजार ५ सय ८४ जनाको मृत्यु भएको छ । अमेरिका विश्वकै सबैभन्दा बढी कोरोना प्रभावित मुलुक हो । जहाँ हालसम्म कोरोना भाइरसका कारण २ करोड १८ लाख ५७ हजार ६ सय १६ जना सङ्क्रमित भइसकेका छन् भने ३ लाख ६९ हजार ९ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।  



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.