Websoft University

अभिभावक शिक्षा तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न !

 


शिव भट्टराई,मोरङ माघ ११ गते । रातो तारा डट कम,मोरंङको सुन्दरहरैचा नगरपालिका वार्ड नं ५ मा रहेको पूर्वाञ्चल पब्लिक स्कुल तथा चिल्ड्रेन मन्टेश्वरी स्कुलले अभिभावक शिक्षा कार्यक्रम सम्पन्न गरेको छ।असल अभिभावक कसरी बन्न सकिन्छ भन्ने बिषयमा सो कार्यक्रमको मुख्य उद्धेश्य रहेको थियो।शनिबार सम्पन्न भएको सो कार्यक्रममा सुन्दरहरैचा नगरपालिका वार्ड नं.४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता, समाजसेवी ओम बहादुर राईको सभापतित्व तथा सुन्दरहरैचा नगरपालिका वडा नं ५ का वडा सदस्य पर्शुराम घिमिरेको विशिष्ठ आतिथ्यता रहेको थियो। 


कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले अभिभावक शिक्षा जस्ता बिभिन्न जनचेतनामुलक कार्यक्रमलाई सधै प्रोत्साहन गर्ने बताउँदै उक्त विद्यालयलाई सफलताको शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा सोही विद्यालयका प्रधानध्यापक सन्तोष कुमार राईले स्वागत मन्तव्य राखेका थिए। 


उक्त कार्यक्रममा उत्कृष्ठ विद्यार्थीहरु , उत्कृष्ठ शिक्षक शिक्षिका, विद्यालयलाई निरन्तर सहयोग गर्ने अभिभावक लगायतलाई दोसल्ला, पुरस्कार तथा प्रमाणपत्र सहित सम्मान गरिएको थियो।

अगाडिको दिनहरूमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको यस विद्यालयले भविष्यमा १२ कक्षा सम्म संचालन गर्ने योजना रहेको सोहि विद्यालयका अध्यक्ष तथा कार्यक्रम संचालक मोहन ढकालले बताएका छन्।

सो कार्यक्रममा बालबालिकालाई घरमा कसरी शिक्षा दिने , घरमा अविभावकको राम्रो व्यवहार छ भने बालबालिकाको पनि व्यवहार राम्रो हुने , शिक्षक र विद्यार्थीहरु बिच कस्तो सम्बन्ध हुनुपर्छ भन्ने विषयमा बाल मनोविज्ञान विद पल्लभ समन र मन्टेश्वरी ट्रेनर टोम गौतमले अभिभावकहरुलाई बालमनोविज्ञान सम्बन्धी ट्रेनिंग दिएका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.