Websoft University

५ सय ६७ मिटर लामो झोलुङ्गे पुललाई गिनिज बुकमा दर्ता गर्ने


काठमाण्डौ माघ ११ गते । रातो तारा डट कम,बागलुङ र पर्वत जोड्ने गरी हालै निर्माण गरिएको ५ सय ६७ मिटर लामो झोलुङ्गे पुललाई गिनिज बुकमा दर्ता गर्ने प्रक्रिया सुरु भएको छ । विश्वकै लामो दावी गरिएको बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वत जिल्लाको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने कालिगण्डकी नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुल निर्माण सम्पन्न भई हस्तान्तरण भएपछि पुललाई गिनिज बुकमा राख्ने प्रक्रिया थालिएको हो । 

पुल यही माघ ३ गते सस्पेन्सन बृज डिभिजन कार्यालय काठमाडौंले बागलुङ नगरपालिकालाई हस्तान्तरण गरेको थियो । पुललाई निर्माणपश्चात् विश्व रेकर्डमा राख्नका लागि बागलुङ नगरपालिकाले प्रक्रिया थाल्न खोजे पनि कोरोना भाइरसका कारण उद्घाटन र हस्तान्तरण हुन नसक्दा ढिलाइ भएको थियो । सुरुमा नेपालकै लामो झोलुङ्गे पुल (सिङ्गल स्पान) भनेर निर्माण गरे पनि पछिल्लो समय यस्तो प्रकारको पुल विश्वकै लामोमा पर्ने बागलुङ नगरपालिकाको दावी छ । 

सस्पेन्सन बृज डिभिजन कार्यालय काठमाडौंका सिनियर इन्जिनीयर हुमाकान्त मिश्रका अनुसार विश्वभरको तथ्याङ्क वेबसाइटमा हेर्दा हालसम्म स्विट्जरल्याण्डमा खुला प्रकृतिको झोलुङ्गे पुल जम्मा ४ सय ९४ मिटर लामो मात्रै बनेको रेकर्ड भएका कारण बागलुङ र पर्वत जोड्ने उक्त पुल विश्वकै  लामो झोलुङ्गे पुल हुनसक्ने अनुमान छ । यद्यपि विश्व रेकर्डमा हालसम्म यस्तो प्रकृतिको पुलको विवरणका विषयमा भने प्राविधिकहरु जानकार छैनन् । विश्वमा पछिल्लो समय अन्य लामा झोलुङ्गे पुल थपिएका भए पनि यो भन्दा लामो पुल बनेको हालसम्म वेबसाइटहरुमा उल्लेख भएको छैन । रेडियो शालिग्राम,



 


 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.