Websoft University

निर्माण गरिरहेको धारचुला–कालापानी क्षेत्र महाकाली नदी पारिपटी विष्फोटक पदार्थ पड्काउँदा सीमा नदी महाकालीमा ढुंगे साँघु बन्यो


काठमाण्डौ पुस २२ गते । रातो तारा डट कम,भारतीय पक्षले निर्माण गरिरहेको धारचुला–कालापानी क्षेत्र महाकाली नदी पारिपटी विष्फोटक पदार्थ पड्काउँदा सीमा नदी महाकालीमा ढुंगे साँघु बनेको छ । धारचुला–कालापानीसम्म पुग्ने सडक निर्माणका क्रममा भारतीय पक्षले चट्टानी भू–भागमा जिलेटिन पड्काउँदा महाकाली नदीमाथि ढुंगे साँघु बनेको नेपाली कामदारहरुले बताएका छन् । ब्याँस गाउँपालिका वडा नम्बर २ को दुम्लिङ भन्दा माथिल्लो क्षेत्रको पारी पट्टि माल्पा क्षेत्रमा भारतले अहिले सक चौडा बनाइरहेको छ । उक्त क्षेत्रमा जिलेटिन पड्काउदाँ पुरै चट्टान खस्दा महाकाली नदीमा साँघु जस्तै बनेको नेपाली कामदार बसन्त कोट्टारीले बताउनु भयो । सडक १२ मिटर चौडाई बनाउन लागेकाले चट्टानी भूगोलमा जिलेटिन पड्काउँदा पुरै चट्टान खसेकाले महाकाली नदीमाथि साँघु जस्तै बनेको तीन महिना काम गरेर फर्किएका कोट्टारीको भनाइ छ । ठूलो चट्टान र ठुल–ठूला ढुंगाहरु महाकाली नदीमा खसेकाले पानी सबैभित्र छिरेको र निर्बाध रुपमा वारपार गर्ने गरेको उहाँले बताउनुभयो । नेपाल एफएम, दार्चुला


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.