Websoft University

सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

 


बिराटनगर, पौष २२ गते । रातो तारा डट कम,

झापा र उदयपुरमा मंगलवार भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका-८ झिलझिलेमा पुर्वबाट पश्चित तर्फ जाँदै गरो को १ ख ६०९८ नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०२-०४३ प ९२१८ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकलमा सवार सुनसरी महेन्द्रनगरका ३१ बर्षीय ज्ञानेन्द्र तामाङ र ईटहरीकी २८ बर्षीया सलिना राईको मृत्यु भएको हो । मोटरसाईकललाई ठक्कर दिने बस तथा चालकलाई ईलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ । यसैगरी उदयपुरको रौतामाई गाउँपालिका-१ मा ट्याक्टर दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका-७ का २० बर्षीय केशव बि.क.को मृत्यु भएको छ । गाइघाटबाट नामेटार तर्फ जाँदै गरेको प्रदेश २-०२-०१-०००१ त १०१७ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.