Websoft University

प्रदेश १ मा नेकपा विवाद चर्कदै«—दुबै पक्षले एक अर्कालाई कारबाही गर्न पो थाले

 


काठमाण्डौ पुस १७ गते । रातो तारा डट कम, नेकपाको शीर्ष तहमा देखिएको विवादका कारण प्रदेश १ मा ओली पक्ष र प्रचण्ड–नेपाल समूहले एकअर्कालाई कारबाही गरेको छ । ओली–नेपाल पक्षले हिजो मुख्मन्त्री शेरधन राईलाई संसदीय दलको नेताबाट हटाएर सांसद भीम आचार्यलाई दलको नेता चयन गरेको छ । मुख्यमन्त्री राइले सरकार सञ्चालन राम्रोसँग नगरेका कारण उहाँलाई हटाइएको सांसद् राजेन्द्र कुमार राइले सीआईएनलाई जानकारी दिनुभयो । यसअघि प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । हिजै मुख्यमन्त्री शेरधन राईले १५ जना सांसदलाई ३ महिनाका लागि निलम्बन गर्नुभएको छ । आफूविरुद्धको अविश्वास प्रस्तावमा थाहै नदिई हस्ताक्षर गरेको भन्दै राईले १५ जना सांसदलाई निलम्बन गर्नुभएको प्रदेश १ का भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङले सीआईएनसँग बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा राष्ट्रपतिले यही पुस ५ गते प्रतिनिधिसभा विघटनको घोषणा गरेपछि नेकपामा ओली समूह र प्रचण्ड–नेपाल समूहबीच आरोपप्रत्यारोप चलेको छ भने प्रदेश सरकारमा एकअर्का समूहलाई कारबाही गर्ने क्रम बढेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.