Websoft University

नेपालमा आज ३ सय ६२ जना कोरोना सङ्क्रमित पुगे


काठमाण्डौ पुस २५ गते । रातो तारा डट कम,पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ६२ जना कोरोना सङ्क्रमित थपिएका छन् । यो सँगै कुल सङ्क्रमितको सङ्ख्या २ लाख ६४ हजार ५ सय २१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ४ हजार ६ सय ८१ जना सक्रिय सङ्क्रमित छन् । गत २४ घण्टामा ४ हजार २ सय ८६ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ६२ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ७८ हजार ८ सय ४७ पुगेको छ । आज थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमित मृतकको सङ्ख्या १ हजार ९ सय १२ पुगेको मन्त्रालयले जनाएको छ । हाल २ सय ६२ जना क्वारेन्टाइनमा छन् । गत २४ घण्टामा ६ सय ९९ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५७ हजार ९ सय २८ पुगेको मन्त्रालयले जनाएको छ ।









त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धक प्रताबबाबु तिवारी बने    

काठमाण्डौ पुस २५ गते । रातो तारा डट कम,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा नागरिक उड्डयन प्राधिकरणले प्रताबबाबु तिवारीलाई जिम्मेवारी दिएको छ । एयर ट्राफिक कन्ट्रोलर पृष्ठभूमिकामा रहनुभएका तिवारी प्राधिकरणमा मंसिर १७ गतेको सञ्चालक समिति बैठकको निर्णयबाट १२ औं तहमा बढुवा भएर उपमहानिर्देशक हुनुभएको हो । अन्तर्राष्ट्रिय विमानस्थल डेढ महिनादेखि प्रमुखविहीन रहेको अवस्थामा तिवारीले हिजोदेखि कार्यभार सम्हाल्नुभएको छ । तिवारी यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विमानस्थल सञ्चालन विभागका निर्देशकको रुपमा कार्यरत हुनुहुन्थ्यो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१९ मा अन्तर्राष्ट्रियतर्फ ४१ लाख ३८ हजार यात्रु आवागमन भएको थियो भने आन्तरिकतर्फ ३१ लाख ८८ हजार यात्रु आवागमन भएको थियो । सन् २०२० मा भने कोभिडका कारण करिब ६५ प्रतिशत यात्रु आवागमन घटेको छ ।



१५ जनवारीमा भारतिय किसानहरुले टेक्टर सहित दिल्ली मार्च गर्ने–भारत सरकार र किसान बिच सहमति हुन सकेन– फेरी बार्ता हुने


काठमाण्डौ पुस २५ गते । रातो तारा डट कम,भारत सरकार र आन्दोलनरत किसानका बीच सहमति हुन सकेन । डेढ महिनादेखि आन्दोलनरत किसान र सरकारबीच हिजो भएको आठौं चरणको वार्ता बिना निष्कर्ष सकिएपछि अर्को वार्ता जनवरी १५ मा  हुने तय गरिएको छ । विज्ञान भवनमा भएको वार्तामा आन्दोलनरत किसानहरुले कानून फिर्ता लिनु पर्ने अडान कायम राख्दै फिर्ता नभए अदालतमा जाने बताएका थिए । अल इण्डिया किसान महासभाका महासचिव हन्नान मुल्लाहले कानून फिर्ता नलिसम्म आन्दोलन जारी रहने र २६ जनवरीमा ट्याक्टर परेड गरिने बताउनु भएको छ । भारतीय केन्द्रिय कृषि मन्त्री नरेन्द्र सिंह तोमरले भने तीनवटै कृषि कानूनको विषयमा किसान युनियनसँग छलफल भएको र जनवरी १५ को वार्ताबाट निष्कर्ष निस्कने आशा बढेको बताउनुभयो । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.