Websoft University

गाइघाटमा निर्माणधिन अत्याधुनीक बसपार्क पूरा नहुने भयो ?

 


गाइघाट १७ पौष । रातो तारा डट कम,ठेकेदारले बिभिन्न बहानामा काममा ढिलाइ गर्दा गाइघाटमा निर्माणधिन अत्याधुनीक बसपार्क को काम निर्धारीत समयमा पुरा नहुने भएको छ। यहि पौष मसान्त भित्र सम्पन्न गरी सक्नु पर्ने भएपनी अहिले बसपार्क निर्माणको काम ३० प्रतिसत मात्र भएको छ । ठेकेदारले कोरोना लगाएत बिभिन्न कारण देखाउदै अहिले सम्म बसपार्क निर्माणको काम अघि बढाएको छैन । तर पनि कार्यालयले ठेकेदार लाइ फाइदा पुग्ने गरी कामको म्याद थप गरेको छ । स्थानीय बासीन्दा र उदयपुरका जनप्रतिनिधिहरुले ठेकेदारले लक्ष्य अनुरुप काम नगरेको र तत्काल काम तिब्र गतीमा गराउन सघन सहरी       कार्यालय सप्तरी लाइ पटक पटक दबाब दीदै आएको भएपनी कार्यालयले कुनै चासो देखाएको छैन । “मैले काममा ढिलाइ भएपछी सम्बन्धित कार्यालय लाइ तत्काल ठेकेदार लाइ काम गराउन टेलीफोन मार्फत आग्रह गरेको थिए । तर अहिले सम्म कुनै सुनुवाइ भएको छैन । ” निर्माणधिन बसपार्क रहेको वडाका  वडा अधक्ष्य जय बिक्रम राइले भने । कार्यालयको बेवास्थाको कारण ठेकेदारले लापरबाही गर्दा बसपार्क निर्माणको कामका ढिलाइ हुन गएको उनले बताए ।“ निर्माण स्थलमा ठेकेदार र साइट इन्चार्ज समेत आउने गरेको छैन” । उनले भने । “मैले त्रियुगा नगरपालीकाका मेयर लाइ समेत बसपार्क निर्माण ढिलाइ भैरहेको जानकारी गराएको छु” । वडा अधक्ष्य राइले भने । त्रियुगा नगरपालीका को वडा न ३ र १२ स्थीत त्रियुगा नदी छेउमा झण्डै ५ बिगाहा क्षेत्रफलमा बन्दै गएको बसपार्क निर्माण गर्ने ठेक्का रमण ÷आइएसएमडी जेभिले १२ करोड २५ लाखमा लिएको हो । प्रदेशकै नमुना अत्याधुनीक र सुविधा सम्पन बसपार्क डेढ बर्ष भित्रै निमार्ण गरीसक्नु पर्ने गरी २०७६ असारमा संझौता भएको हो । दुइ वटा छुट्टा छुट्टै ल्बकमा ३० कोठे निर्माणधिन बसपार्क भित्र प्रशासनिक कक्ष टिकट काउन्टर, नियन्त्रणकक्ष र सुरक्षा पोष्ट रहने छ । बसपार्क भित्र फुलबारी, घण्टाघर ,यात्रु प्रंतिक्षालय , गाडी मर्मत केन्द्र र सपिङग कवल समेत बनाइने साइट इन्चार्ज इन्जीनियर ब्रमह देब      चौधरीले बताए । उनले बिभिन्न कारणले गर्दा बसपार्क निर्माणमा ढिलाइ भएको बताए । “कोरोनाको कारण झण्डै ७ महिना कामै हुन सकेन ” उनले भने । अब तिब्र गतीमा काम अघि बढ्छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.