Websoft University

सेल्फी पुलको उद्घाटन

 


बेलबारी  । रातो तारा डट कम, बेलबारी नगरपालिकाको वडा नं. ६ धैति खोलामा सेल्फी पुलको उद्घाटन गरीएको छ ।आइतबार बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले एक कार्यक्रम बिच उक्त पुलको उद्घाटन गरेका हुन ।


मेयर सुवेदीले रिविन काटेर र नव निर्मित पुलमा आफै गाडि चलाएर पुलको  उद्घाटन गरेका हुन् । ५ लाख ९७ हजार ८ सय ९१ म निर्माण सम्पन्न पुलमा बेलबारी नगरपालिकाले रु.५ लाख ३० हजार सहयोग गरेको थियो भने ६७ हजार ८ सय ९१ बरबरको स्थानीययको जनसहभागिता रहेको थियो ।पुल नहुदाँ  ज्यानै जोखिममा पारेर हिडनु पथ्र्यो स्थानिय  इन्द्रकुमार मगरले भने काठको पुल भतकीएर हिड्न सकिदैन थियो । 

पुलको उद्घाटन गर्दै मेयर सुवेदीले दुर्गम वडाहरूलाई उच्च प्राथमिकता राखेको बताए । उनले पुर्वधार बिकास सगै आधारभुत तहका जनताका लागि नगरपालिकाले बिशेष कार्यक्रमहरु संचालन गरीरहेको बताए । उनले स्थानीयको आर्थिक स्तर उन्नतिको लागि बिना धितो २ प्रतिशत ब्याजमा सहुलियत ऋण प्रदान तथा गरीब सँग नगरपालिका जस्ता महत्वपुर्ण कार्यक्रम संचालन गरेको बताए । 

पुल निर्माण हुँदा स्थानीयलाई आवतजावतको लागि सहज भएको छ । पुल निर्माण भएपछि स्थानियले उत्त पुलको नाम सेल्फी पुल राखेका छन् । थोरै लगानीमा आकर्षीत पुल बनेपछि युवा युवतिहरु सेल्फी फोटो खिच्न आउने गरेकोले सेल्फी पुल नामाकरण गरीएको स्थानिय मनोज राईले बताए ।  

केहि समय अघि मात्रै उक्त खोलामानै १३ लाखमा पुल बनेपछि राष्ट्रीय स्तरमै चर्चा आएको थियो । पुल बनेपछि छिमेकी नगरपालिका रगेलिका जनतालाई समेत राहत पुगेको वडा अध्यक्ष उदय बहादुर राईले बताए । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.