Websoft University

संखुवासभामा काँग्रेसको विरोध सभा सम्पन्न

 

मोहन कुमार राई - माघ ३ गते । रातो तारा डट कम,नेपाली काँग्रेसले आज देशैभर विरोध सभा गरिए सँगै संखुवासभाको चैनपुर सहित १० वटै पालिकामा  विरोध प्रर्दशन एवं कोणसभा गरेको छ । चैनपुरको जिरोप्वाइन्टबाट शुरु भएको विरोध ¥यालीले बजारको विभिन्न स्थानमा कोण सभा गर्दै टुडिखेल अगाडी पुगेर समापन गरेको थियो । कोणसभालाई नेपाली काँग्रेसका नेता तथा कार्यकताहरुले आ–आफ्ना धारणा राखेका थिए । 


चैनपुर नगर सभापति राजेन्द्र बहादुर राउतको अध्यक्षतामा सम्पन्न विरोध सभामा संबोधनको क्रममा प्रतिनिधि सभा  विघटनको कदम अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्र उत्पन्न लोकतान्त्रिक मूल्य, मान्यता र संविधान प्रतिकुल कार्यको विरुद्धमा काँग्रेस सडकमा  आउनपरेको पूर्व खानेपानी तथा सरसफाई मन्त्री दीपक खड्काले वताउनुभयो । के.पी. शर्मा ओली नेतृत्वको नेपाल कम्प्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम, भ्रष्टाचार, कोभिड १९ नियन्त्रण तथा व्यवस्थापनमा असफल रहेको समेत पूर्व मन्त्री खड्काले वताउनुभयो ।

 समबोधनको क्रममा नेपाली काँग्रेस जिल्ला पार्टी सभापति दिपन कुमार श्रेष्ठ, महासमिति सदस्य शंकरमान कँडेल, अन्जना लिंथेप, पवर्तारोही मिङमा शेर्पा लगायत नेताहरुले  विरोध सभालाई संबोधन गर्नुभएको थियो ।  यसैगरी जिल्लाको विभिन्न पालिकाहरुमा समेत विरोध सभा सम्पन्न भएको नेपाली काँग्रेस पार्टीकार्यालयले जनाएको छ । खाँदवारी नगरपालिकामा नेपाली काँग्रेसका नेता तथा महासमिति सदस्य महेश थपलिया, हरीश्वर  थापा, अनन्त गौली लगायतको नेताहरुले विरोध सभालाई सम्बोधन गरेका थिए । यसै गरी पाँचखपन, धर्मदेवी, मादी नगरपालिका , सिलिचोङ गाउँपालिका, मकालु गाउँपालिका लगायत १० स्थानीय पालिकाहरुले एक साथ विरोध सभा गरेको नेपाली काँग्रेस पार्टी कार्यालय संखुवासभाले जनाएको । 

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने, मुलुकलाई अस्थिरता, अनिश्चितता,असफलतातर्फ लैजाने षडयन्त्रमूलक प्रतिवादतमा देशभर चरणबद्ध आन्दोलनको घोषणा गरे सँगै नेपाली काँग्रेस विरोध सभा तथा आन्दोलनमा होमिएको जनाएको छ । नेपाली काँग्रेसले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरी एउटै निर्णय र स्प्रष्ट धारणाका साथ नेपाली काँग्रेस एकमतका साथ आन्दोलनको मैदानमा उत्रिने समेत पार्टीले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.