Websoft University

प्रदेश १ का आफ्नो समूहका नेताकार्यकर्ताको भेलालाई आज प्रधानमन्त्री केपी शर्मा ओलीले संवोधन सम्बोधन गरे


काठमाण्डौ माघ ३ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायाधीशहरुसँग कहिल्यै नभेटेको दावी गर्नुभएको छ । काठमाडौँमा आज आयोजित प्रदेश १ का आफ्नो समूहका नेताकार्यकर्ताको भेलालाई संवोधन गर्दै उहाँले न्यायालय र न्याय प्रणालीमाथि विश्वास घटाउन षड्यन्त्र गरिएको टिप्पणी गर्नुभयो । प्रधानमन्त्रीले केही न्यायाधीश भेटेको भनेर हल्ला चलाइएकोमा आपत्ति जनाउँदै उहाँले न्यायाधीशलाई नभेटेको उल्लेख गर्दै सपना प्रधान मल्ललाई न्यायाधीश हुनुभन्दा अगाडि सार्वजनिक कार्यक्रममा देखेको दावी गर्नुभयो । नकेपाको ओली समूहका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले प्रचण्ड – नेपाल समूहले निर्वाचन आयोगलाई काम रोक्न दबाब दिएर गैरजिम्मेवार अराजनीतिक कार्य गरेको बताउनुभयो । प्रधानमन्त्री ओलीले निर्वाचन सामना गर्न प्रचण्ड–नेपाल समूहलाई चुनौती दिँदै आफूहरूले अझैँ पनि अध्यक्ष, वरिष्ठ नेताको पद कायमै राखेकोले बैठकमा आउन पनि आग्रह गर्नुभयो । 



 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.