Websoft University

मानवअधिकार तथा शान्ति समाजमा पोखरेल

 


विराटनगर । रातो तारा डट कम, मानवअधिकार तथा शान्ति समाज मोरङको सभापतिमा भेषराज पोखरेल सर्वसम्मतबाट चयन भएका छन् । विराटनगरमा भएको समाजको साधारणसभाले पोखरेलको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।


समितिको उपसभापतिमा धन थापा कार्की, सचिवमा अशोक लामा, सहसचिवमा सीताराम चौलागाईं र कोषाध्यक्षमा डा. जीवन ढकाल सर्वसम्मतबाट चयन भए । त्यस्तै साधारणसभाले मीनकुमार नवोदित, सावित्री पराजुली, लीलानाथ सुवेदी, पुनमकुमार गुप्ता, अर्जुन थापा, मदन भट्टराई, सुची चौधरी, उर्मिला थापा, गुढ्डी केहकशा कौशर, किशोरकुमार माझी, मनोहरकुमार कोइराला, मीनाकुमारी भट्टराई, ओम प्रसाईं, विनोद रजकलगायतलाई सदस्यमा निर्विरोध चयन गरेको छ । 

कांग्रेस नेता डा. शेखर कोइरालाले उद्घाटन गरेको साधारणसभामा मानवअधिकारवादी नेता तथा समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी, प्रदेश–१ का पूर्वसामाजिक विकासमन्त्री जीवन घिमिरे, जनता समाजवादी पार्टीका सांसद जयराम यादवलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । नवनिर्वाचित अध्यक्षलाई खातापातासहित पद हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष डिल्ली कार्की । 

  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.