Websoft University

चुनावमा जुट्न सबै दललाई सरकारको तर्फबाट आग्रह


काठमाण्डौ पुस १८ गते । रातो तारा डट कम,सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले वर्तमान सरकारलाई संवैधानिक तथा कानुनी रूपमा कुनै जटिलता नभएको बताउनुभएको छ । अहिलेको सरकार काम चलाउ हो कि भन्ने खालका प्रश्न उठेको भन्दै कोही पनि त्यस्ता भनाइको पछि लाग्न नहुने उहाँको भनाइ छ । मन्त्रिपरिषद्का निर्णयहरु जानकारी दिन हिजो आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता गुरुङले नेपाल सरकारले गरेको निर्णयहरुमा कुनै पश्न उठ्न नसक्ने भन्दै कुनै भ्रममा नपर्न समेत आग्रह गर्नुभयो । सडकमा अभद्र नारा र अराजनीतिक गतिविधि भएको भन्दै नेपालको सर्वोच्च संस्था राष्ट्रपति र गणतन्त्र प्रति केही कतैबाट प्रश्न गरिएकोमा सरकारले खेद प्रकट गरेको समेत उहाँले बताउनुभयो । संसद पूर्नस्थापना भन्दा अहिले ताजा जनादेशमा जानु पर्ने अहिलेको आवश्यकता भएकोले विरोधभन्दा चुनावी तयारीमा जुट्न राजनीतिक दलहरुलाई प्रवक्ता गुरुङले आग्रह गर्नुभयो । सरकारले निर्वाचनको लागि सम्पूर्ण तयारी पुरा गरेको र यसै गरि निर्वाचन आयोगले पनि तयारी गरिरहेको उहाँले जानकारी   दिनुभयो । सरकारले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरी चुनावको मिति घोषणा गरेको भन्दै नेकपाको प्रचण्ड–नेपाल समूहलगायतका अरु राजनीतिक दलले भने सरकारको आलोचना गर्दै आएका छन् । 






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.